सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

खेलकुद

विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट सुरु



  • खेलकुद
  • 397 पटक पढिएको
  • भरोसा अनलाईन -
  • २०७५ जेष्ठ ३१ बिहीवार
३१ जेठ २०७५ - विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट सुरु

मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । फिफा वरियता अनुसार विश्वकपमा सहभागि ३२ राष्ट्र मध्ये यी दुई टिम सबैभन्दा कमजोर रहेका छन् । साउदी अरेबिया ६७  र रुस ७० औं स्थानमा छ । 

विश्वकपको उद्घाटन खेलमा नै प्रतिस्पर्धा गर्ने साउदी पहिलो एसियाली राष्ट्र पनि हो । दुई देश खराब फर्मबाट गुज्रिरहेका छन् । रसियाले गत अक्टोबरमा दक्षिण कोरियालाई पराजित गरेपछि  खेलेका सात खेलमा जित हात पार्न सकेन । यस्तै साउदीले पछिल्ला तीन मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको थियो ।

 विश्वकप अघिको अन्तिम वार्म अप म्याचमा साउदीले जर्मनीसँग सुधारिएको खेल प्रदर्शन गर्दै दुई एक गोलको हार व्यहोरेको थियो । यसले खेलाडीको मनोवल केही उच्च भएको बताइएको छ । दुवै टोली  विश्वकपको फाइनल चरणमा जितको खडेरलिाइ तोड्न चाहन्छन ।

रसियाले २००२ यता फाइनलका चरणका कुनै पनि  खेलमा जित निकाल्न सकेको छैन । साउदीले पछिल्लो पटक  १९९४ को विश्वकपमा जित हात पारेको थियो । त्यसैले समुह ए मा रहेका  रसिया र साउदीका लागि  भोलिको खेल विषेश रहनेछ । 

 मैत्रीपूर्ण खेलमा गरेको खराब प्रदर्शनका कारण समर्थको आलोचना सामना गरिरहेको रसिया ठूलो प्रतियोगितामा आफूलाई प्रमाणित गर्न चाहन्छ । त्यसैका लागि विश्वकपको हब मस्को भन्दा केही टाढा गएर एक साता लामो अभ्यास गरेको थियो । रसिया र साउदीले विश्वकपमा अहिले सम्म समुह चरण पार गर्न सकेका छैनन् । यता साउदी देशमा भइरहेको फुटबल विकासलाई आफ्नो प्रदर्शनमार्फत विश्वकपलाई सकारात्मक चित्र देखाउन चाहान्छ ।










ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top