सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

खेलकुद

विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित हासिल



  • खेलकुद
  • 487 पटक पढिएको
  • भरोसा अनलाईन -
  • २०७५ आषाढ ०१ शुक्रवार
१ असार २०७५ - विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हसिल गरेको छ ।

विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित हासिल

खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई  ५-० काे जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो । 

रुसी खेलाडी डेनिस चेरिसेवले  इन्जुरी समयकाे पहिलाे मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए । खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका छन् । उनले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरेका हुन् । 

खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । अलेक्सान्द्र गोलोभिनले दिएको पासमा उनले हेडमार्फत गोल गरेका थिए । त्यस्तै पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए । 












ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top