सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

खेलकुद

आज हुने पहिलो खेलमा भारत र श्रीलंका बिच प्रतिस्पर्धा हुने



  • खेलकुद
  • 42 पटक पढिएको
  • भरोसा अनलाइन -
  • २०७६ आषाढ २१ शनिवार
हेटौंडा,२१ असार २०७६ - आज पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज लिग चरणको खेल सकिनेछ ।

आज हुने पहिलो खेलमा भारत र श्रीलंका बिच प्रतिस्पर्धा हुने

हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ । अर्को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल साँझ ६ः१५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ । सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागिसकेकाले यी खेलको नतिजाले त्यति अर्थ राख्दैन । तर, सेमिफाइनल समीकरणमा भने असर पार्नेछ । 

आठ खेल खेलेको अस्ट्रेलिया १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले सात जित र एक हारको नतिजा निकालेको छ । भारत १३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । भारतले ६ जित र एक हारको नतिजा निकालेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । इदि अस्ट्रेलिया पराजित भएमा र भारतले श्रीलंकालाई हराएमा भारत तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

अस्ट्रेलिया भने दोस्रो स्थानमा झर्नेछ । पहिलो खेलमा भारत पराजित र दोस्रो खेलमा अस्ट्रेलिया विजयी भएको अवस्थामा भने समीकरणमा कुनै फरक पर्ने छैन । श्रीलंका र दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले आजको खेल लिग चरणको शीर्ष स्थान ओगट्नका लागि भारत र अस्ट्रेलियालाई महत्त्वपूर्ण छ ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top