सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

खेलकुद

पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले लिए सन्यास



  • खेलकुद
  • 130 पटक पढिएको
  • भरोसा अनलाइन -
  • २०७६ आषाढ २१ शनिवार
२१ असार २०७६ - पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले लिए सन्यास

आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले भनेका छन्, ‘वर्ल्ड कपपछि वन डे करियरबाट सन्यास लिन्छु भनेर मैले पहिले नै भनेको थिएँ, आज म यहाँ यसको घोषणा गर्दछु । मेरा फ्यानहरुलाई धन्यवाद जसले मलाई समर्थन गरे । म सबैलाई माया गर्छु ।’ शोएब मलिकको सन्यासको घोषणापछि उनी पाकिस्तान र भारतमा ट्वीटर टे्रन्डमा छन् । फ्यानहरुले ‘थ्यांक्यू मलिक’ ह्यासट्यागका साथ उनका उपलब्धीहरुको सराहना गरिरहेका छन् ।

शोएब मलिकले सन् १९९९ अक्टुबरमा वेष्टइन्डिजविरुद्धको खेलबाट वन डे करियर सुरुवात गरेका थिए । उनले पाकिस्तानका लागि कुल २८७ खेल खेले । नौ शतक र ४४ अर्धशतकका साथ उनले ७ हजार ५ सय ३४ रन बनाए । उनले १५८ विकेट पनि लिए । शोएब मलिक पाकिस्तानको टेस्ट र टी-२० टिमको सदस्य पनि रहे । 

उनले कुल ३५ टेस्ट म्याच खेले भने तीन शतक र ८ अर्धशतकका साथ कुल १ हजार ८९८ रन बनाए । १११ टी-२० म्याचमा उनले सात अर्धशतकका साथ २ हजार २६३ रन बनाए । शोएब मलिकले अन्तिम वन डे जारी विश्व कपमा भारतविरुद्ध १६ जुन खेलेका थिए । यो म्याचमा उनी पहिलो बलमै शून्य रनमा आउट भएका थिए । त्यो खेलमा पाकिस्तान ८९ रनले पराजित भयो ।

भारतविरुद्धको खेलमा पराजित भएपछि ३७ वर्षीय मलिक आलोचकको निशानामा परेका थिए । त्यसपछि जारी विश्वकपमा शोएब टिम बाहिर रहे । शुक्रबारको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो । शोएबले मलिक यो खेलमा पाकिस्तानको प्लेइङ इलाभेनको सदस्य थिएनन् । 

बंगलादेशविरुद्ध पाकिस्तान विजयी भएपछि शोएब मलिक मैदानमा आएपछि पाकिस्तानी टिमका सबै खेलाडिहरुले दुईतिर उभिएर उनलाई सम्मानस्वरुप गार्ड अफ अनर दिए । विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा हुँदा अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्डको स्थान पक्का भएको छ । शुक्रबार बंगलादेशलाई जिते पनि नेट रन रेटमा न्युजिल्याण्डभन्दा पछि परेर पाकिस्तान वर्ल्ड कपबाट बाहिरिएको छ ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top