सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

सुनवर्षी मेला २०७४ मोरङमा सुरु



  • राष्ट्रिय समाचार
  • 6 पटक पढिएको
भरोसा अनलाईन - विराटनगर,२ वैशाख २०७४ - मोरङको रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित राजा सुनवर्षीको थानमा पुजा अर्चाना गरी सिरुवा मेला भर्नेको शनिबार भिड लागेको छ ।

सुनवर्षी मेला २०७४ मोरङमा सुरु

तराईका आदिवासी समुदायले ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गरी मेला भर्ने प्रचलन रहेको छ । धार्मिक पर्यटनका रुपमा रहेको यो क्षेत्रमा सिरुवा वर्षको अवसरमा प्रत्येक वर्ष आजकै दिन सुनवर्षी महाराजको थानमा मेला लाग्ने गर्दछ । मेला भर्न एवंम सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चाना गर्न पूर्वी तराईको झापा र मोरङ र सुनसरी र दक्षिणी भारतकासमेत मानिसहरु आउने गर्दछन । सुनवर्षी महारजाको ग्राम थानमा पुजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ । ५० वर्ष अघि सो स्थानमा मेला लाग्दा पोखरीमा रहेको गोहीले मेलामा आउने भक्तजनहरुलाई भाडा कुडा दिने गरेको जनश्रुति रहेको पाइन्छ ।

तीन विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्राम थान रहेको छ । जसमा २ विघामा पोखरी रहेको छ । प्रत्येक वर्ष आजकै दिन विहानै नुहाइधुवाई गरी सफा भएर सुनवर्षी महाराजको ग्राम थानमा पुजा अर्चाना गरी पोखरी आसपासको क्षेत्रमा लग्ने मेला भर्ने चलन रहेको सुनवर्षीमहाराज ग्राम थान संरक्षण समितिका सचिव शिवदयाल राजवंशीले वताए । राजा सुनवर्षी थानको विकासका लागि अहिले १ करोड रुपैयाँको गुरु योजना अघि वढाइएको छ ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top