सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

राष्ट्रिय समाचार

संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु



  • राष्ट्रिय समाचार
  • 10 पटक पढिएको
भरोसा अनलाईन काठमाडौं,८ जेठ २०७४ - व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले बजेट अधिवेशन आहृवान गरेको पत्र सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाएपछि संसदको बजेट अधिवेशन औपचारिक रुपमै सुरु भएको हो ।

संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नेपालको संविधानको धारा २ सय ९६ को उपधारा ६ बमोजिम संसदको बजेट अधिवेशन आहृवान गरेका हुन् । गामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्न मंगलबार ११ बजे संसद बैठक पनि बोलाइएको छ ।

सभामुख घर्ती मगरले अर्थ मन्त्रालको आग्रहमा मंगलबार आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूचि तय गरिएको पनि स्पष्ट पारिन् । व्यवस्थापिका संसदको नियमावली २०७३ मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश हुनेछ । सरकारले बजेट पेश गर्नु अघि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेर आइतबार नै राष्ट्रपति विद्या भण्डारी समक्ष पेश गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिइएको छ ।







ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top