सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

कालाफाँटामा मतदान हुँदै गरेको समयमा आगलागी



  • राष्ट्रिय समाचार
  • 203 पटक पढिएको
भरोसा अनलाईन - नेपालगन्ज,१४ असार २०७४ - बाँकेको नरैनापुर गाउँपालिका वडानं. ३ अन्गर्गत पर्ने कालाफाँटामा मतदान हुँदै गरेको समयमा आगलागी भएको छ । कालाफाँटा मतदान केन्द्र नजिक आगलागी हुँदा १३ वटा घर र ३ वटा गोठ नष्ट भएको छ भने मतदान केही बेरका लागि प्रभावित भएको थियो । सो आगलागीमा परेर कुनै मानवीय क्षति भएको छैन ।

कालाफाँटामा मतदान हुँदै गरेको समयमा आगलागी

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले दिएको जानकारी अनुसार विहान ११ः१० बजे तिर एक्कासी स्थानीय राजकुमार मौर्यको घरबाट सुरु भएको सो आगोले १३ घर ३ गोठ जलेर नष्ट भएको छ । साथै लत्ता कपडा, अन्नपातलगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी, स्थानीय बासिन्दा र त्ययहाँ मतदान केन्दमा खटिएका प्रहरीहरुको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । अबरुद्ध भएको मतदान पनि नियमित भएको प्रहरीले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी अनुसन्धान भइरहेको इप्रका भोजभगवानपुरले जनाएको छ ।


 






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top