सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्वास्थ्य/जीवनशैली

वर्षायाममा लाग्ने रोगबाट यसरी बच्नु होस्



  • स्वास्थ्य/जीवनशैली
  • 167 पटक पढिएको
भरोसा अनलाईन - १९ असार २०७४ - वर्षायाम लागेसँगै ज्वरो आउने, रुघा-खोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्छ । यसबेला हाम्रो पाचन यन्त्र कमजोर हुने र खानेकुरा सजिलै पच्दैन । रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । त्यसैले वर्षामा संक्रमित रोगको भय हुन्छ ।

वर्षायाममा लाग्ने रोगबाट यसरी बच्नु होस्

यस मौसममा चिसो लाग्ने, ज्वरो आउने समस्या बढी देखिन्छ । वर्षातमा के कारणले यस्तो समस्या देखापर्छ त ? सबैभन्दा पहिलो त्यसबारे जान्नुपर्छ ।

रोग फैलाउने कारण

– ठाउँ-ठाउँमा पानी जम्मा हुन्छ, त्यसमा लामखुट्टे फैलन्छ । डेंगु, मलेरिया फैलाउन यहि नै एउटा कारण हुनसक्छ ।

– बिषालु जीव, जन्तु, किरा, झिँगा आदिले पानी र खानेकुरा संक्रमित बनाउँछ ।

– हावामा फोहोरको संक्रमण फैलनु ।

– पित्त दुषित हुनु , किनभने पित्त वाट हुने रोग ज्वरो आउनमा सबैभन्दा ठूलो कारण बन्छ ।

– तातो शरीर तुरुन्तै चिसो लाग्नु ।

– तेज घाममा हिँडडुल गर्नु

– पानीमा भिज्नु

लक्षण के हुन्छ ?

– टाउको दुख्ने

– पिसाबको रंग रातो हुनु

– बेचैनी महसुष हुनु

– अधिक तिर्खा लाग्नु

– जोर्नी दुख्नु

कसरी अपनाउने सावधानी

– ज्वरो आयो भने खुला हावा आउजाउ गर्ने कोठामा बस्नुपर्छ । जति सकिन्छ, आरम गर्नुपर्छ ।

– हल्का र सुपाच्य खानेकुरा खानुपर्छ ।

– दुध, चिया, जुस पिउनुपर्छ । तर, भुटेको, तारेको, मसलेदार खानेकुरा खान हुन्न ।

– धेरै शारीरिक श्रम गर्नु हुन्न ।







ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top