सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

अचम्मका कुरा

कहिल्यै पनि नमर्ने जीव !



  • अचम्मका कुरा
  • 81 पटक पढिएको
भरोसा अनलाईन - हेटौंडा,२८ साउन २०७४ - आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ भनिन्छ ।

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्दछ ।

यो जीवनलाई पृथ्वीको सबैभन्दा जुझारु जीवन सोही कारण मानिएको छ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भनिन्छ । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्नेछ ।

यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top