सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

सूचना प्रविधि

ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० पुरायो



  • सूचना प्रविधि
  • 184 पटक पढिएको
भरोसा अनलाईन - २६ कात्तिक २०७४ - ट्वीटर प्रयोगकर्ताले अहिलेसम्म केवल १ सय ४० अक्षरमा आफ्नो कुरा ट्वीट गर्न पाउँथे । तर अब ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० बनाइदिएको छ ।

ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० पुरायो

यद्यपि,  चिनियाँ, जापानी तथा कोरियाली भाषामा लेख्नेहरुका लागि चाहिँ अक्षरको सीमा अहिले पनि १ सय ४० रहनेछ । किनकि यी भाषामा लेख्नका लागि निकै कम अक्षरको आवश्यकता पर्दछ । 

कम्पनीका अनुसार अंग्रेजी भाषामा लेखिने नौ प्रतिशत ट्वीटमा अधिकतम सीमा १ सय ४० अक्षरको नै उपयोग नै हुने गरेको छ । 

मानिसहरुले अक्षरको सीमाका कारण धेरैजसो समय आफ्ना ट्वीट सम्पादन गर्दछन् वा अक्षर नपुगेसँगै ट्वीट नै प्रकाशित गर्दैनन् । तर अक्षरको सीमा बढेसँगै ट्वीटरमा ट्वीट गर्नेहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

धेरै हप्तादेखिको परिक्षण पश्चात ट्वीटरले आधिकारिक रुपमा अक्षरको सीमा बढाएको हो । ट्वीटरले गत सेप्टेम्बर देखि २ सय ८० अक्षरको ट्वीटको परीक्षण सुरु गरेको थियो । 

सन् २००६ मा सुरु हुँदादेखि नै ट्वीटरमा १ सय ४० अक्षरको सीमा रहँदै आएको थियो । विश्वमा हाल ३३ करोड मासिक सक्रिय ट्वीटर प्रयोगकर्ता रहेका छन् ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top