सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

भार्तामा ल्होछार साँस्कृतिक कार्यक्रम गरि मनाइयो



  • मनोरञ्जन
  • 92 पटक पढिएको
  • दिल बहादुर लामा
  • २०७४ फागुन ०१ मंगलवार
मकवानपुर(कैलाश),28 माघ २०७४ - मकवानपुर जिल्लाको कैलाश गाउपालिका भार्तामा २८५४ खी ल्हो (कुकुर बर्ग) सोनाम ल्होछारको अबसरमा शनिबार ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

भार्तामा ल्होछार साँस्कृतिक कार्यक्रम गरि मनाइयो

प्रमुख अतिथि ब्लोनले ल्होछार बिबाद सम्बन्धी बोलेका थिए । उनले भने, यो कुनै बिबाद हैन, झोले सस्थाहरु आएर यस्तो भएको हो । जो आर्थिक प्रलोभनमा परेको छ, त्यसले मात्र ग्याल्बो ल्होछार मनाइरहेको बताउनु भयो ।

यसपालिको ल्होछार चन्द्रपात्रो अनुसार मलमासले गर्दा फाल्गुनमा परेको हो, पण्चाङ्क समितिमा हाम्रो समुदायको प्रतिनिधि नभएर यस्तो भएको उनले भने ।   

बृहत सास्कृतिक कार्यक्रमलाइ सास्कृतिकमय बनाउन पहिलो पटक भार्तामा राष्ट्रिय चर्चित सेलो पप गायक रोज मोक्तान पुगेका थिए । सबैको आकर्षणको केन्द्र रहेको गायक मोक्तानले आफ्नो सेलो गीतहरु प्रस्तुति गरेर सबैलाइ नचाएका थिए । 

कार्यक्रममा स्थानीय कलाकारहरु अविराम मोक्तान, बुद्दिमान घिसिङ, रबिन्द्र कुमार चेपाङ,  सुन्दर लामा, रामचन्द्र स्याङ्बो, बिरजित लामा, गंगा पाख्रिन, अफ्रिन लामा, माया घलान लगायतको कलाकारहरुले भरपुर मनोरन्जन दिएका थिए ।  त्यस्तै तलेजु कला केन्द्रको कलाकार टोलिबाट नृत्य प्रस्तुत गरेका थिए । 

साबिक भार्ता गाविस हाल कैलाश ७ र ८ वडामा तामाङ समुदायबाट पहिलोचोटी एसएलसी पास गर्ने ठाकुर सिं मुक्तानलाइ खादा र सम्मान पत्र दिएर सम्मान गरेका थिए । मुक्तान बिस. २०४६ सालमा एसएलसी पास गरेको थियो । 

महिलामा पहिलो चोटि एसएलसी पास गर्ने राममाया मोक्तान, निर्मला सिन्तान, रमिला हिम्डुङलाइ खादा र सम्मान पत्रबाट सम्मान गरेको थियो । २०७३ सालको एसईई परिक्षामा सबैभन्दा बढी नम्बर ७८५ ल्याई उत्तिर्ण गर्ने गगन थिङलाइ सम्मान गरेका थिए ।  

त्यस्तै, स्थानीय तहमा तामाङ समुदायबाट निर्बा्चित कैलाश गाउपलिकाको प्रमुख टंक मोक्तानलाइ सम्मान गरेको थियो । वडा न. ७ का अध्यक्ष उदास कुमार भोलन, वडा सदस्य प्रेम लाल थिङ र वडा न. ८ का अध्यक्ष सुर्ज बहादुर थिङ, वडा जित बहादुर मुक्तान, अनिता बल लगायतको जनप्रतिनिधीहरुलाई सम्मान गरेको थियो । 

भार्तामा पहिलो चोटी ल्होछार मान्ने व्यक्ति पुर्ण सिं मुक्तानलाइ पनि सम्मान गरिएको छ । “तामाङ समुदायको प्रमुख सांस्कृतिक महत्व बोक्ने ल्होछारको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ कार्याक्रमको आयोजना गरेको संयोजक बलराम मोक्तानले बताउनु भयो । कार्यक्रम चर्चित उदघोषक तथा प्रचारप्रसार संयोजक रबिन्द्र थिङ्ले संचालन गरेको थियो ।













ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top