सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली छिटो थन्काइसक्न सबैमा अनुरोध



  • समाचार
  • 80 पटक पढिएको
  • भरोसा अनलाइन -
काठमाडौं,२१ असार २०७६ - सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ ।

सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली छिटो थन्काइसक्न सबैमा अनुरोध

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो । हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान महाशाखाले गरेको छ । 

शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको जनाएको छ । डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने अनुमान छ । साथै केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् । यस्तो अवस्था सोमबारसम्मै रहने पूर्वानुमान गरिएको छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!

‏@DHM_FloodEWS

Follow Follow @DHM_FloodEWS

२०७६ असार २१,,

१ हप्ता सम्म प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेकोले तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म यही असार २८ गतेभित्र थन्क्याउनुहुन अनुरोध छ, तटिय क्षेत्रमा गर्नुपर्ने निर्माणको कार्य उच्च सतर्कता साथ गरौ ।






ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top