सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

पत्रपत्रिका

आजका पत्रपत्रिकामा: भारतीले चाँही नेपालको नाकामै रोक्छ नेपाली तरकारी



  • पत्रपत्रिका
  • 27 पटक पढिएको
  • भरोसा अनलाइन -
  • २०७६ आषाढ २२ आइतवार
काठमाडौं,२२ असार २०७६ - भारतीय तरकारीको विषादी परीक्षण गर्ने अडानबाट सरकार पछि हटेको विषय आजका अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ ।

आजका पत्रपत्रिकामा: भारतीले चाँही नेपालको नाकामै रोक्छ नेपाली तरकारी

यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायतका विषय पनि पत्रपत्रिकाहरुले समेटेका छन् । नयाँ पत्रिकाले फरक कोणबाट यो विषय उधिनेको छ । नेपाल सरकार भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटे पनि भारतले भने लामो समयदेखि नेपाली तरकारी रोक्दै आएको नयाँ पत्रिकाकाे भनाइ छ । समाचार अनुसार, नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमूना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर परीक्षण गर्दा रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकाले कैंयौंपटक नेपालका कृषिवस्तुहरु नाकामै कुहिने र बिग्रने गरेका छन् ।

अन्नपूर्णले ‘उपभोक्तामाथि खेलवाड नगर’ शीर्षकमा सम्पादकीय नै लेखेर सरकारी रवैयाको विरोध गरेको छ । खेलाँचीको भरमा ल्याइने नीति अदृश्य शक्तिको इशारामा फिर्ता लिने प्रवृत्तिले सरकारको हैसियत उदांगो पारेको र त्यसकै पछिल्लो कडी तरकारीको विषादी परीक्षण निर्णय भएको अन्नपूर्णको निष्कर्ष छ । ‘आमसरोकारको विषयमा सरकारले खेलाँची गर्न पाउँदैन । आमसरोकारको विषय मात्रै नभएर स्वदेशी किसान र आमउपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषयमा सरकारले गरेको यो निर्णय घातक छ । सार्वजनिक चासो र जनहितका विषयमा अदृश्य शक्तिको दबावमा परेर नीति सच्याउनु लज्जास्पद छ’, अन्नपूर्णले आफ्नो सम्पादकीयमा लेखेको छ ।

कान्तिपुरले ‘सत्तारुढ सांसदकै प्रश्नः सरकार भारतसामु झुकेकै हो’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । कान्तिपुरका अनुसार भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ कालोसूचीमा परेको खबर पनि कान्तिपुरमा छ । तोकिएको समयमा ऋणीले नतिरेपछि यो ऋण कालोसूचीमा परेको हो ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top