सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

सञ्चारकर्मी राममाया वाईबाको म्युजिक भिडियो सार्वजनिक



  • मनोरञ्जन
  • 66 पटक पढिएको
  • भरोसा संवाददाता
मकवानपुर, २ साउन । मकवानपुरे सञ्चारकर्मी राममाया वाईबाको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरे गीतकार तथा गायिका फुलमाया थिङको प्रस्तुति ‘धोका दियो आफ्नै छायाँले’ बोलको गीतमा वाईबाले अभिनय गरेकी छिन् ।

सञ्चारकर्मी राममाया वाईबाको म्युजिक भिडियो सार्वजनिक

 गीतको म्युजिक भिडियो बुधबार सर्जक थिङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । तामाङ सञ्चार जगतमा एक कुशल रेडियो कार्यक्रम प्रस्तोता (आरजे) का रुपमा चिनिदै आएकी राममाया धादिङ जिल्लामा रहेको रेडियो राजमार्गमा आवद्ध छिन् । उनको सुमधुर आवाज र कार्यक्रम चलाउने शैलीबाट प्रभावित हुने श्रोताहरु निकै नै छन् । उनी श्रोताहरुमाझ मात्र होईनन् विद्यार्थीहरुबिच पनि राममाया मिसको नामले परिचित छिन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा बसोबास गर्ने उनले त्यही स्थानमा नै अवस्थित सरस्वती सेकेण्डरी स्कूलमा अध्यापन समेत गराउँछिन् । विद्यार्थीहरुमाझ लोकप्रिय छवि बनाएकी राममायाले अभिनय समेत राम्रो गरेकी छिन् । जनक लामा र अर्चना स्याङ्तानको आवाज रहेको गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।

राममायाले यसअघि नै माथिमाथि लेकमा हिउँ पर्यो बोलको गीत सहित ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । आरजे र शिक्षिकाबाट अभिनयको दुनियाँमा पाईला चालेकी उनी आफ्नो अभिनयलाई तिखार्न चाहान्छिन् । अभिनय मन पराउने उनले नायिका नै बन्छु भन्ने लक्ष्य त राखेकी छैनन् तर आफुले अभिनय गर्ने जुनसुकै भूमिकालाई राम्रो बनाउने लक्ष्य भने राखेकी छिन् । उनी रेडियोकर्मीकै रुपमा जिवनभर काम गर्न चाहान्छिन् । ‘रेडियोमा बाँचुन्जेल काम गर्ने हो, धेरै रहर लाग्छ’, उनले भनिन् । रेडियो क्षेत्रमा करिब ७ वर्षको अनुभव संगालेकी उनी रेडियोलाई पहिलो प्राथमिकतामा राखेर अन्य समयमा अभिनय गर्ने सोच राख्छिन् । आफु अभिनयका साथै हरेक कामलाई सिक्दै गरेको बताउने उनले कलाकारिता र रेडियोकर्मलाई सँगसँगै स्थापित गर्न चाहान्छिन् । हाल उनी तामाङ पत्रकार संघ मकवानपुरकी जिल्ला सहसचिव समेत छिन् । हेरौँ म्युजिक भिडियो–



सम्बन्धित भिडियो




ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top