सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

मकवानपुरे गायक करप रुम्बाको दोस्रो गीत सार्वजनिक



  • मनोरञ्जन
  • 50 पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर, ५ साउन । मकवानपुरका उदयीमान गायक करप रुम्बाको दोस्रो गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ ।

मकवानपुरे गायक करप रुम्बाको दोस्रो गीत सार्वजनिक

यस अघि ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत बजारमा ल्याएका उनले यस पटक भने डान्सिङ पप भर्सनको गीत तयार पारेका छन् । ‘सुनी देउन’ बोलको उनको नयाँ गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अहिले युट्युबमार्फत लिरिकल भिडियो सार्वजनिक गरिएता पनि गीतको म्युजिक भिडियो पनि तयार पार्ने योजना रहेको उनले बताए । ‘केही समयपछि यसको म्युजिक भिडियो पनि निकाल्ने तयारी गरेको छु’, उनले भने । पहिलो गीतलाई समेत माया प्राप्त भएको भन्दै दर्शक तथा श्रोतालाई दोस्रो गीत पनि सुनेर कमेन्ट गरिदिनका लागि उनले आग्रह गरेका छन् ।

गीतमा करपकै शब्द, सँगीत र आवाज रहेको छ । कर्साङ लामाको एरेञ्जमा तयार भएको गीतलाई बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको हो । मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र  कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो र दोस्रो गीत तयार पारेका हुन् । हेरौँ नयाँ गीतको लिरिकल भिडियो–




सम्बन्धित भिडियो




ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top