सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

मनोरञ्जन

सागर र स्मारिका म्युजिक अवार्डको नोमिनेसनमा



  • मनोरञ्जन
  • 93 पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर, ७ साउन । चर्चित नायक सागर घिसिङ दक्षिण कोरियामा आयोजना हुन गईरहेको ‘नेपाली लोक संगीत अवार्ड दक्षिण कोरिया २०१९’ को नोमिनेसनमा परेका छन् ।

सागर र स्मारिका म्युजिक अवार्डको नोमिनेसनमा

उनी चर्चित तामाङ भाषाको चलचित्र ‘घ्रान’ बाट ‘बेस्ट तामाङ फिल्म अभिनेता (पुरुष) तर्फ नोमिनेसनमा परेका हुन् ।

नोमिनेसन पश्चात भोटिङबाट उत्कृष्ट नायक घोषणा गरिने हुँदा उनले भोटिङका लागि समेत दर्शकहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन्–‘चलचित्र घ्रानबाट नोमिनेसन मा परेको छु, आशा छ तपाईं सबै जनाले भोटिङ मार्फत भोट गरी माया गरिदिनु हुन्छ । जय तामाङ चलचित्र ।’

त्यस्तै चर्चित तामाङ गीत ‘ए बिना’ मा अभिनय गरेकी सञ्चारकर्मी तथा मोडल स्मारिका थिङ पनि यसै गीतबाट नोमिनेसनमा परेकी छिन् । उनी ‘तामाङ लब म्युजिक भिडियो’ विद्यामा उत्कृष्ट अभिनेत्रीका रुपमा नोमिनेसनमा परेका हुन् । यस गीतमा स्मारिका र सागरको दमदार अभिनय छ । 

जितु लोप्चन र आरके योञ्जनको कर्णप्रिय आवाज समेटिएको गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् । ‘ए बिना ङा’ एल्बममा समावेश उक्त गीतमा निमा दोङको संगीत रहेको छ ।  अवार्ड कार्यक्रम हिमालयन नेपाली ईभेन्टस् प्राईभेट लिमिटेड काठमाडौँको आयोजनमा हुन लागेको हो ।







ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top