सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

रतुवामाईमा भदौ १६ गते वृहत नाटक मञ्चन हुने



  • राष्ट्रिय समाचार
  • 98 पटक पढिएको
  • भरोसा अनलाईन -
  • २०७६ श्रावन ३२ शनिवार
मकवानपुर, ३२ साउन । यही आउदो भदौ १६ गते रतुवामाईमा वृहत नाटक मञ्चन हुने भएको छ । नाटकले अहिले समाजमा भएको अवस्थाको बारेमा चित्रण गर्ने छ ।

रतुवामाईमा भदौ १६ गते वृहत नाटक मञ्चन हुने

अहिले हाम्रो समाजमा महिनौ अघिदेखी तिज पर्व प्रचलन बढिरहेको देखिन्छ । यसले समाजलाई सत्मार्गमा हिड्न डोर्याउनुको सट्टा विकृतितिर धकेलेको देखिन्छ । विभिन्न संघ संस्था देखी लिएर घर घरमा महिनौ अघिदेखी महिलाहरु एक ठाउँमा भेला हुने र दर खाने परम्पराले समाजलाई पक्कै पनि गलत मोडतिर धकेलिरहेको प्रष्ट देख्न सकिन्छ । 

पैसा र पहुच हुनेका लागी त यो प्रचलनले खासै असर  नर्पला तर नहुनेहरुका लागि काउसो बन्दै आईरहेको देखिन्छ महिलाहरुको महान पर्व हरितालिका तिज । चाड पर्व मनाउनु संस्कृति जोगाउनु पक्कै पनि नराम्रो कुरा हैन तर यसलाई सहि तरिकाले मनाउन सकेमात्र समाजलाई सकारात्मक मोडतिर लैजान सकिन्छ । 

समाज रुपान्तरणका लागि आफ्ना पाईला चाल्दै गरेको रतुवामाईमा रहेको संस्था  आरम्भ नाट्य डबली रतुवामाईले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि वृहत रुपमा तिजविशेष कार्यक्रमको तयारी अगाडि बढाएको छ । डबलीले हरितालिका तिजको अवसर पारेर भदौ १६ गते रतुवामाईको सोमबारे बजारमा उक्त कार्यक्रम गर्ने भएा्को हो । 

महिनौ अघिदेखी मनाउदै आईरहेको तिजलाई विशेष दिनमा मात्र मनाउन पर्छ भन्ने सन्देश प्रवाह गर्दै आरम्भले उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा तिजविशेष रोचक प्रस्तुतिहरु साथमा जनेतनामुलक नाटक महसुष मञ्चन हुने कुरा आयोजकले जानकारी दिएको छ । 

नाटकमा महिला हिंसा, चेलिबेटी बेचविखन, ठुलाबढा र राजनैतिक आडमा समाजमा फैलिएको विकृति र एक जिम्वेवार देशभक्तको देशप्रतिको दायित्वलाई प्रष्ट देखाईएको कुरा कार्यक्रम  संयोजक हरि नेपालले जानकारी दिएका छन । नाटक संगसंगै अन्य सांस्कृतिक कार्यक्रमहरु नृत्य, गायन, हाँस्य व्याङ्ग्य जस्ता विविध रोचक र ज्ञानमुलक कार्यक्रमहरु प्रस्तुत हुनेछन । 

आरम्भका हरेक कार्यक्रम समाजका लागि लाभदायक र शिक्षामुलक हुनुपर्ने संस्थाको निर्णयबमोजिम कार्यक्रम विगत वर्षहरुभन्दा भिन्न र रोचक ढङ्वाट प्रस्तुत गरिने र एउटा वच्चादेखी वृदसम्म आवश्यक पर्ने ज्ञानवर्दक साथै मनोरञ्जनात्मक प्रस्तुतिहरुका साथमा कार्यक्रम गरिने संस्थाका अध्यक्ष समिर सुवेदीले जानकारी दिनुभयो ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top