सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

समाचार

पुडासैनी आत्माहत्या प्रकरण : अनुसन्धान फाइल वकिलकोमा पुग्यो



  • समाचार
  • 73 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र ८ आइतवार
चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्माहत्याका लागि दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेश भएको छ ।

पुडासैनी आत्माहत्या प्रकरण  : अनुसन्धान फाइल वकिलकोमा पुग्यो


टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्धाको फाईल सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आईतबार फाइल पेस गरेको हो ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ । पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो । 

आज उनीहरुविरुद्ध थुनछेक बहस हुने तयारी छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने वा धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ । यता रविका समर्थकहरुले भने चितवनसहित देशैभर प्रदर्शन जारी राखेका छन् ।



सम्बन्धित भिडियो




ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top