सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्धा दर्ता



  • समाचार
  • 19 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र ८ आइतवार
चितवन,८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्धा दर्ता


जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसको अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरिएको हो । अहिले बयानको क्रम सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएपछि मुद्धा दर्ता भएको हो ।

सरकारी वकिल कार्यालयले अभियोग दायर गर्दा प्रतिवादी लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा गर्न वा पूर्पक्षका लागि थुनामा पठाउन माग गर्न सक्ने व्यवस्था भएकोले अब मागको पक्ष र विपक्षमा थुनछेक बहस हुँदैछ । यो बहस सकिएपछि अन्त्यमा अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ । यसबाट रवि सहित ३ जनाका पक्षमा वा विपक्षमा निर्णय आउन सक्छ ।







ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top