सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

राक्सिराङका विद्यार्थीलाई हिमराईट्सको सहयोग



  • समाचार
  • 82 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र १६ सोमवार
मकवानपुर, १६ भदौ । हिमालयन मानव अधिकारकर्मी समुह हिमराइट्सको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

राक्सिराङका विद्यार्थीलाई हिमराईट्सको सहयोग

 संस्थाले राक्सिराङ गाउँपालिकासँग सहकार्य गर्दै गाउँपालिकाको दुई विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित श्री प्रजा जागृति आधारभुत विद्यालय चैनपुर र वडा नम्बर ३ मा अवस्थित श्री सूर्योदय माध्यमिक विद्यालयमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षका लागि शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो । वडा नम्बर ५ स्थित श्री प्रजा जागृति आधारभुत विद्यालय चैनपुरमा भदौ ११ गते  २७ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको थियो । त्यस्तै श्री सूर्योदय माध्यमिक विद्यालयमा २०७६ भदौ १३ गते २५ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हो । 

चैनपुरमा विद्यालय व्यवस्थापन समितिका सदस्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमूख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो  । त्यस्तै सूर्योदय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष बाबुलाल स्याङ्तानको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको होे  । कार्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई वर्ष भरी आवश्यक पर्ने कापी दुई दर्जन , कलम ,पेन्सिल , सापनर , जोमेट्रीवक्स, साना बालबालिकाहरुलाई कलर पेन्सिल, पेन्सिल , विद्यालयका पोशाक र यस वर्ष मात्र सहयोग गरिएका बालबालिकाहरुलाई पानी पिउंने बोतल , टिफिन बक्स , व्याग लगायतका सामाग्री वितरण गरिएको हो  । हिमराइट्सले कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा राक्सीराङ्ग गाउँपालिकासँगको सहकार्यमा विगत ३ वर्ष देखि नै निरन्तर उक्त विद्यालयहरुमा छात्रावृति सहयोग कार्यक्रम गर्दै आइरहेको छ ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top