सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

हेटौँडाकी सन्ध्या उत्कृष्ट ९ मा



  • मनोरञ्जन
  • 73 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र १६ सोमवार
मकवानपुर । मकवानपुरको हेटौँडा ८ कमाने निवासी सन्ध्या आचार्य ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ९ मा छनौट भईसकेकी छिन् । भदौ १४ गतेको कार्यक्रममा कुनै एलिमिनेसन नभएपछि अहिले पनि ९ जना प्रतिस्पर्धीहरु एकअर्कासँग प्रतिस्पर्धामै छन् ।

हेटौँडाकी सन्ध्या उत्कृष्ट ९ मा

 भदौ ७ गते शनिबार भएको प्रतिस्पर्धाबाट उनी उत्कृष्ट ९ मा पर्न सफल भएकी हुन् । यसैबिच सन्ध्याले आफुलाई उत्कृष्ठ ८ मा पार्नका लागि आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन् । स्टाटसमा उनले गत हप्ता उनलाई भोट गरेका सबै दर्शक तथा शुभचिन्तकप्रति आफु आभारी रहेको भन्दै धन्यवाद दिएकी छिन् । हिजोको एपिसोडमा कुनै एलिमिनेशन नभएको बताउँदै उनले अगाडि लेखेकी छिन्–‘अब आउने शनिबार टप ८ का लागि कम्पीटिसन हुँदैछ, मलाई हजुरहरुको भोटको साथको धेरै जरुरत छ, प्लीज मलाई भोट गरेर टप ८ मा सेफ बनाईदिनुहोला ।’


भोटिङ खुला भईसकेको भन्दै उनले बिहीबार बिहान १० बजेसम्म आफुलाई भोट गरिदिन आग्रह गरेकी छिन् । सन्ध्यालाई जिताउन म्यासेज बक्समा CC लेखी एक स्पेस छोडेर उनको भोटिङ कोड ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्ने छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शोमा उनी मकवानपुरबाट एक मात्र दाबेदार हुन् । सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ९ मा स्थान सुरक्षित गरेकी हुन् । सन्ध्या छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी थिईन् ।


सन्ध्याको बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्य हुन् । सन्ध्याले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोका साथै विभिन्न व्यवसायिक विज्ञापनमा समेत अभिनय गरेकी छिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत सन्ध्या मकवानपुरका चर्चित खेलाडी पनि हुन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि खेल्न सफल भइसकेकी छिन् । यो पनि हेर्नुहोस्



सम्बन्धित भिडियो




ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top