सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

साहित्य

सुनगाभा फेरि हेटौंडामा



  • साहित्य
  • 4 पटक पढिएको
चन्द्र घलान हेटौंडा, १५ फागुन- पछिल्लो समयमा नेपाली साहित्य जगतमा निकै नै चर्चित बनेकी साहित्यकार बिना तामाङ 'सुनगाभा'को साहित्यीक रमझम फेरि हेटौंडाबासीले हेर्न र सुन्न पाउने भएका छन् ।

सुनगाभा फेरि हेटौंडामा

वि.सं. २०७१ मा हेटौंडामा  भएको 'बहुभाषिक राष्ट्रिय कविता गोष्ठी'मा 'मेतिपतिप' शिर्षकको तामाङ भाषाको नेपाली संस्करण सहितको कविता वाचन गरेर प्रथम भएकी सुनगाभा यहि फागुन २१ गते आफ्नो एकल कविता वाचनका साथमा हेटौंडामा आउन थालेकी हुन् । 

१०७ औं अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसको अवसरमा यही मार्च ८  तारिखका दिन मकवानपुरको हेटौडामा आँचल साहित्य कला पुञ्जले आयोजना गर्नलागेको 'एकल कविता वाचन तथा काव्य  विमर्श'मा उनी प्रस्तुत हुनेछिन् । समसामयिक साहित्यको प्रतिनिधी कवि बिना तामाङको रातो घर कृति पनि प्रकाशित भईसकेको छ ।

बिहान ११ बजे साहित्य सङ्गम मकवानपुरको भवनमा हुने कार्यक्रममा आयोजकले सम्पूर्ण साहित्यकार तथा साहित्यानुरागीहरूलाई उपस्थित हुन अपिल समेत गरेको छ । मकवानपुरमै हुर्केकी कवि तथा कथाकार सुनगाभाको यो दोस्रो एकल कविता बाचन हो ।







ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top