सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

कालीगण्डकी करिडोर निर्माणले र्‍याफ्टिङ प्रभावित



  • राष्ट्रिय समाचार
  • 741 पटक पढिएको
भरोसा अनलाईन - पर्वत,८ चैत २०७३ - कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्‍याफ्टिङ) प्रभावित बनेको छ । करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।

कालीगण्डकी करिडोर निर्माणले र्‍याफ्टिङ प्रभावित

सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । 

करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीको बीच भागसम्म नै ढुङ्गा आउने गरेको छ । यसरी ढुङ्गा आएपछि नदीमा जलयात्रा गर्न जोखिमपूर्ण रहेको नेपाल ¥याफ्टिङ एसोसिएन एजेन्सी (नारा) पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले बताउनुभयो । 

पर्वतको कुश्मा नगरपालिका– १ नयाँ पुलबाट सुरु हुने जलयात्रामा कालीगण्डकी नदीको मोदीवेणी खण्डसम्म सहज रुपमा जलयात्रा सञ्चालन हुँदैआएको छ । तर मोदीवेणीदेखि पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीसम्मको भागमा वलयात्रा जोखिम रहेको नाराका सदस्य देव रेग्मीले बताउनुभयो । 

‘अघिल्लो याममा पटक÷पटक अनुरोध गरेपछि ब्लास्टिङ कार्य रोकेर जलयात्रा गरेका थियौँ’ उहाँले भन्नुभयो । अहिलेको याममा सहज रुपमा जलयात्रा सञ्चालन गर्न अन्योल भएको छ । करिडोर निर्माण गर्ने निकायले समयको व्यवस्थापन गरेर निर्माण कार्य सञ्चालन गरे मात्र यात्राको जोखिम घट्ने उहाँको भनाइ छ । 

चालु आवदेखि जिल्ला विकास समिति पर्वतले जलयात्रा व्यवसायमा कर प्रणाली लागू गरेपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको कर सङ्कलन व्यवसायी राजन गुरुङले गुनासो गर्नुभयो । जिविस पर्वतले ठूलो र सानो गरी रु ५० देखि रु पाँच सयसम्म प्रतिढुङ्गा कर सङ्कलन गर्दै आएको छ । 

याम सुरु भएसँगै कालीगण्डकीमा दिनहुँजसो जलयात्राका लागि पर्यटक भित्रिने गरेका छन् । पोखरामा रहेका पर्यटन व्यवसायी तथा ¥याफ्टिङ एजेन्सीले पर्वतको नयाँ पुलदेखि स्याङ्जाको मिर्मी खण्डसम्म तीन दिनको जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् । अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो ३० जनाभन्दा बढी पर्यटक कालीगण्डकी आउने गरेका छन् ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top