सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

राष्ट्रिय समाचार

यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गरे हुन्छः सीईओ पोखरेल



  • राष्ट्रिय समाचार
  • 14 पटक पढिएको
भरोसा अनलाईन - काठमाडौं,९ चैत २०७३ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलले यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गर्न माग गरेका छन् । अहिले प्राधिकरणको हैसियत राष्ट्रिय योजना आयोगको पूर्वाधार महाशाखा जत्ति पनि नरहेको उनले बताए ।

यही अवस्थामा राख्ने हो भने पुनर्निर्माण प्राधिकरण भङ्ग गरे हुन्छः सीईओ पोखरेल

योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा. पोखरेलले बुधबार संसदको विकास समितिमा पुनर्निर्माण प्राधिकरणका समस्याहरु सुनाए । प्राधिकरणमा जनशक्ति अभाव भएको र तालिम लिएकाहरु पनि सबै काममा नरहेको उनले बताए । दाता निकायहरुले दिएको रकम निश्चित जिल्ला र गाउँ तोक्नुका साथै खर्च गर्ने क्षेत्र समेत तोकेर आउने गरेको भन्दै उनले पुनर्निर्माण कोष सक्रिय नहुँदा काम गर्न गाह्रो भएको बताए । उनले भने, ‘प्राधिकरणको हैसियत योजना आयोगको पूर्वाधार महाशाखाको जत्ति पनि छैन ।’

पुनर्निर्माण प्रधिकरणको कार्यविधि र नियमावली पनि झन्झटिलो भएको उनले बताए । प्राधिकणका सीईओ ज्ञवालीले अघि भने, ‘मापदण्ड यति कठिन छ कि गाउँमा मात्र होइन, शहरका एउटा घर पनि मापदण्डमा पर्न सक्दैन ।’

आफूसँग भएको एक भेटमा स्विट्जरल्याण्डका राजदूतले समेत यो मापदण्ड आफ्नो देशमा समेत लागू हुन नसक्ने बताएको पोखरेलले विकास समितिमा सुनाए । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्राधिकरणका पूर्व सीईओ सुशील ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै उनलाई हटाएर पोखरेललाई नियुक्त गरेको थियो । ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top