सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

समाचार

राक्सिराङका विद्यार्थीलाई हिमराईट्सको सहयोग



  • समाचार
  • पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर, १६ भदौ । हिमालयन मानव अधिकारकर्मी समुह हिमराइट्सको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

राक्सिराङका विद्यार्थीलाई हिमराईट्सको सहयोग

 संस्थाले राक्सिराङ गाउँपालिकासँग सहकार्य गर्दै गाउँपालिकाको दुई विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित श्री प्रजा जागृति आधारभुत विद्यालय चैनपुर र वडा नम्बर ३ मा अवस्थित श्री सूर्योदय माध्यमिक विद्यालयमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षका लागि शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो । वडा नम्बर ५ स्थित श्री प्रजा जागृति आधारभुत विद्यालय चैनपुरमा भदौ ११ गते  २७ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको थियो । त्यस्तै श्री सूर्योदय माध्यमिक विद्यालयमा २०७६ भदौ १३ गते २५ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हो । 

चैनपुरमा विद्यालय व्यवस्थापन समितिका सदस्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमूख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो  । त्यस्तै सूर्योदय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष बाबुलाल स्याङ्तानको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको होे  । कार्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई वर्ष भरी आवश्यक पर्ने कापी दुई दर्जन , कलम ,पेन्सिल , सापनर , जोमेट्रीवक्स, साना बालबालिकाहरुलाई कलर पेन्सिल, पेन्सिल , विद्यालयका पोशाक र यस वर्ष मात्र सहयोग गरिएका बालबालिकाहरुलाई पानी पिउंने बोतल , टिफिन बक्स , व्याग लगायतका सामाग्री वितरण गरिएको हो  । हिमराइट्सले कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा राक्सीराङ्ग गाउँपालिकासँगको सहकार्यमा विगत ३ वर्ष देखि नै निरन्तर उक्त विद्यालयहरुमा छात्रावृति सहयोग कार्यक्रम गर्दै आइरहेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु


राक्सिराङका विद्यार्थीलाई हिमराईट्सको सहयोग - 2019-09-02

मकवानपुर, १६ भदौ । हिमालयन मानव अधिकारकर्मी समुह हिमराइट्सको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्धा दर्ता - 2019-08-25

चितवन,८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

पुडासैनी आत्माहत्या प्रकरण : अनुसन्धान फाइल वकिलकोमा पुग्यो - 2019-08-25

चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्माहत्याका लागि दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेश भएको छ ।

प्रमुख सचिव ढकालको विदाई - 2019-08-22

हेटौंडा, ५ भदौ । जिल्ला समन्वय समिति मकवानपुरले सरुवा भएर जान लाग्नु भएका ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको विदाई गरेको छ ।

समिक्षा बैठक १२ गते बस्ने - 2019-08-22

मकवानपुर, ५ भदौ । जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला समिक्षा बैठक आगामि भदौ १२ गते आयोजना गर्ने भएको छ ।

रेडियो भरोसाको स्टेसन संयोजकमा नवराज वाईबा - 2019-08-18

मकवानपुर, १ भदौ । करिब एक दशकदेखि संचार क्षेत्रमा क्रियाशिल मकवानपुरे पत्रकार नवराज वाईबा रेडियो भरोसा १०५.२ मेगाहर्जको स्टेसन संयोजकमा नियुक्त भएका छन् ।

प्रदेश ३ को नाम ‘नेवाःताम्सालिङ’ राख्नु कानुनसम्मत भएको सांसद घलानको दाबी - 2019-08-18

मकवानपुर, १ भदौ । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले बहुपहिचानका आधारमा प्रदेश नम्बर ३ को नाम ‘नेवाःताम्सालिङ प्रदेश’ राख्नुपर्नेमा जोड दिनुभएको छ ।

तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवसमा कार्यक्रम गर्ने - 2019-08-05

मकवानपुर, २० साउन । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

बिहानै एक्साभेटर नियन्त्रणमा - 2019-08-04

धादिङ, १९ साउन । धादिङमा शुक्रबार विहान ३ बजेको समयमा अवैध रुपमा खोला उत्खनन गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उत्खननमा प्रयोग भएको स्काभेटरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

क्यान्सरसँग लड्दै पत्रकार विरही - 2019-08-04

चितवन, १९ साउन । पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील चितवनका रेशम विरही क्यान्सर रोगसँग लडिरहनुभएको छ ।

घरेलु मदिरा नष्ट - 2019-08-04

भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top