सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

अनूभूति

मकवानपुरे युवा र मेलामा युवाको भूमिका



  • अनूभूति
  • पटक पढिएको
भरोसा अनलाईन - हेटौंडा,१९ पौष २०७४ - मकवानपुर जिल्लामा युवाहरुको एकता र जिल्लाको विकासका निम्ति युवाहरुले के कस्तो भुमीकाहरु निर्वाह गरिरहेका छन् त भनेर आज मलाई केही अक्षरहरु लेखु लेखु लाग्यो ।

मकवानपुरे युवा र मेलामा युवाको भूमिका

सन्दर्भ हो मकवानपुर जिल्लामा भइरहेको दोस्रो खेलकुद तथा बृहत् ब्यापार महोत्व द्दण्ठद्ध र फागुन महिनाको पहिलो साता हेटौंडामा तेस्रो हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७४ हुन गइरहेको। 

युवा शक्ति परिवर्तनका संवाहक र राष्ट्र निर्माणको मेरुदण्ड हो। युवाशक्तिले चाहेमा जुनसुकै कामपनि सहज रुपमा सम्भव छ । असम्भव भने केही पनि छैन भनेर मकवानपुर युवा समुहका आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी समुहले छर्लङ्ग स्पष्ट पारेको छ । 

यसैगरी युवाशक्तिको ठिक ठाउमा र उचित ढंगले प्रयोग हुने हो भने पक्कैपनि गाउ, टोल, समाज र देश विकासका निम्ति युवाशक्ति मेरुदण्ड नै हुन जान्छ । नेपालमा युवालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव छ। एकातिर विद्यमान शिक्षा नीतिले देशमा शैक्षिक बेरोजगार उत्पादन गरिरहेको छ भने अर्कोतर्फ आधारभूत शिक्षासमेतको अभावका कारण पनि युवाहरु अशिक्षित भइरहेका छन्। 

नेपाली युवाहरु स्वदेशका लागि होइन, विदेशमा काम गर्नका लागि उत्पादन भइरहेका छन्। देशमा गरिबी तथा राजनितीक, अस्थिरा जस्ता विभिन्‍न व्यापक समस्याहरुले युवाहरु विदेश पलायन दिनानु दिन बढ्दो छ । यस्तो भयानक समस्या समाधान तत्काल राज्य र राजनीतिक दलहरुबाट ठोस प्रयत्‍न नहुने हो भने देश ५रज्ञण् वर्षभित्र श्रमशील युवाबिहीन बन्ने अवस्था छ । 

तापनि मकवानपुरे युवाहरुको जमातले केही हौसला, उत्साह जनक कामहरु गरेर इच्छाशक्ति मरेका युवाहरुलाई पुनस् जागरुप हुने शक्ति प्रदान गरेको छ । हिजो अस्ती मलाई पनि यो देश छोडेर बिदेश कमाउन जाने इच्छाहरु जाग्थ्यो । 

तर तिनै मकवानपुरे युवाहरुको जमात समुहले गरेको काम देखेर आज मलाई केही युवाहरु बटुलेर, समुह बनाएर केही काम गरु भनी इच्छाशक्ति बढेको छ । केही काम गरेर देखाउने प्रतिवद्ता पनि गर्छु। आज संसार भरी आशा र भरोसाको शक्तिको रुपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् । 

साँचिकै युवा शक्ति जुन युवा अवस्थामा जोसिलो जाँगरिलो हुनका साथै साहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितको मुकाविला गर्ने क्षमता पनि राख्ने गर्दै आएको छ । युवाहरुले नयाँ नयाँ विषयबस्तुहरुको खोजी गर्ने र नयाँ चिजको आविस्कारतिर आफ्नो ध्यान केन्द्रीत गर्ने भएको कारणले पनि युवाशक्तिलाई देशको मेरुदण्ड मानिन्छ ।  युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो ।

युवा वर्ग राज्यको परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सृजनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ ।

आज भन्दा करिब छ देखि ज्ञण् वर्ष अगाडीको कुरा हो । जुन समय मकवानपुरका युवाहरुमा      मैले एकतामा कमी भएको महशुस गर्थे । त्यो समयमा युवाहरु विभिन्‍न कुलत तथा लागु औषधमा लागेर विग्रेका, युवाहरु टोले दादागिरी, एक टोलका युवा अर्को टोलका युवासंग झै जगडा गर्दथे र साधारण एउटा फुटबल गेम हुँदा समेत ईट्टा, रड हानाहान समेत हुने गर्दथ्यो । 

मकवानपुरका युवाहरुमा धेरै विकृतिहरु थिए। तर आज परिवर्तन भएको छ । आज त्यस्ता विकृतीहरु हटेर एउटा असल युवाहरुको जमात मैले देखेको छु । एउटा यस्तो युवाशक्ति देखेको छु जुन जमात, समुह मैले यो मेलामा देख्‍न पाए। मेलामा कुनै युवा समुह टिकट काउण्टरमा, कोही सुरक्षामा, कोही व्यवस्थापनमा लागिरहेका थिए। हरेकको छुट्टाछुट्टै कामहरु थियो । 

सबैले आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेका थिए। हो यसै गरी अघिल्लो वर्षमा पनि यिनै युवा समुहले मेला, खेलकुद तथा अन्य विभिन्‍न प्रतियोगितात्मक कार्यहरु शान्तिपूर्ण तरिकाले सम्पन्‍न गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गरिसकेका थिए। 

यसरी एकआपसमा भाइचारा र युवाशक्ति एक जुट भएर कार्य गरेको देखेर अब भने मकवानपुरे युवाहरुले भविष्यमा मकवानपुर जिल्लाको विकास र शानमा ठुलो टेवा प्रदान गर्ने छ । मलाई लाग्छ एकतामा नै बल छ र एकतामा नै विकास छ भन्‍ने सन्देश मकवानपुर युवा समुहका आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी समुहले छर्लङ्ग स्पष्ट पारेको छ । 

हामी भूतलाई गाली गरेर भविष्य राम्रो हुने आश गर्दछौं ।तर होइन अब हामीले पुराना विसंगती, रुडीवादी, खराब चिजहरु त्याग्न जरुरी छ । हामी एक भएर काम गर्यौं भने मकवानपुर जिल्लाको विकासमा ठुलो टेवा पुग्न जानेछ ।

अन्त्यमा, अब युवाहरुले राजनीतिक अधिकारका नाममा बन्द हड्ताल, चक्का जाम, तोडफोड र सर्वसाधारणलाई दुःख दिने, विरोधीलाई ठेगान लगाउने नाममा डनगिरी र गुण्डागर्दी गर्ने, सम्पन्न बन्ने सपनामा टेन्डर कब्जा गर्ने, जबर्जस्ती चन्दा उठाउने, लागुऔषध ओसारपसार गर्ने, 

कानुनले वर्जित गरेका काम गर्ने आदि कार्यहरु गर्नुहुँदैन। मकवानपुर युवा समुहका आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी समुहले गरेको कामले युवाहरुलाई सकारात्मक सन्देश प्रदान गर्नुको साथै मकवानपुरे युवाहरुलाई सम्मान कार्य, 

खेलाडीहरुलाई प्रोत्साहन मूलक कार्य गर्दै मकवानपुर जिल्लाको विकासमा टेवा पुर्‍याइरहेको हुनाले आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी समुह तथा विशेष गरी राजन खरेल, सानु लामा, डेभिन श्रेष्ठ र बिमल लामालाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि मकवानपुर जिल्लाको हितचितका कार्यहरु एकजुट भै गर्दै जानु हुनेछ भन्दै उत्तोरोत्तर प्रगतीको कामना गर्दछु। 


टार्जन कुँवर

हेटौंडा – 10, मकवानपुर 

9845291853

उ.अ.ज.अ.इ.बी.क.अ.






सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुरे युवा र मेलामा युवाको भूमिका - 2018-01-03

भरोसा अनलाईन - हेटौंडा,१९ पौष २०७४ - मकवानपुर जिल्लामा युवाहरुको एकता र जिल्लाको विकासका निम्ति युवाहरुले के कस्तो भुमीकाहरु निर्वाह गरिरहेका छन् त भनेर आज मलाई केही अक्षरहरु लेखु लेखु लाग्यो ।

शेष घलेका चार टिप्स यस्तो छ वैदेशिक रोजगारीको ‘पीडा’ हटाउने - 2017-03-19

भरोसा अनलाईन - क्वालालम्पुर,६ चैत २०७३ - परिवार र मुलुक छाडेर विदेशी भूमिमा श्रम गर्न जानु कसैको पनि रहर हुँदैन । नौलो परिवेशमा जोखिमयुक्त काम, अर्कै भाषा र अर्कै कानुनका बीच वैदेशिक रोजगारीको यात्रा पीडादायी यथार्थ हो ।

कोरिया जानेहरुले भैपरी आएका जस्तो सुकै कठीन कार्य गर्ने आट बनाएर मात्र जानु पर्छ - 2017-03-01

भरोसा अनलाईन - हेटौंडा,१८ फागुन,२०७३ - म कोरियामा पाँच वर्ष बसेर नेपाल फर्किएको हुँ । म सन् २००८ मा इपिएस पास गरेर गएको हुँ । नेपालबाट इपिएस पास गरे जाने नेपालीहरु मध्ये पहिलो लटमा जाने ५५ जनामा म पनि एक थिएँ ।

पत्रकारिताः मिसन र नेतृत्व - 2017-02-26

काशीनाथ खनाल बहुदलीय लोकतान्त्रिक पद्धतिमा पत्रकारितालाई राज्यले उसको चौथो अंगको मान्यता दिएको छ । पत्रकारिता राज्यको पहरेदार 'वाच डग' हो । दलीय शासन पद्धतिलाई लोकतन्त्र पनि भन्ने गरिन्छ । लोकतन्त्र जनताले जनताद्वारा जनतालाई गरिने शासनपद्धतिको नाम हो ।

गिरिजा अधिकारी–एउटा अडिग मान्छे - 2017-02-26

चन्द्र घलान जीवनमा केही सिनियरहरु मात्र यस्ता हुन्छन् जसको अण्डरमा बसेर काम गर्न पनि मज्जा लाग्छ । जसको हप्की खाँदा पनि आफ्नै अभिभावकको हप्की खाएको जस्तो लाग्छ । कोही बोसहरु यस्ता हुन्छन् जो बोस कम, मित्र ज्यादा हुन्छन् ।

दरबारमा भयो प्रवेस बुच्चेकोट लगाएर - 2017-02-11

भरोसा अनलाइन - हेटौंडा,२०७३ - त्यस बेला (०४६ सालको जनआन्दोलन भइरहेको बेला) राजदरबारमा जान अनिवार्य दौरा–सुरूवाल लगाउनपर्ने रहेछ । वार्तामा म सहभागी हुने निश्चित भएपछि कृष्णप्रसाद भट्टराईले आरकेजी दौरा–सुरूवाल लगाउनुपर्छ है भनेका थिए । दौरा–सुरूवाल लगाउनुपर्ने भएपछि सेनाकै गाडीले मलाई पाटनको मेरो कोठामा पुर्‍यायो ।

ल्होछारमा आमालाई परदेशी छोराको सन्देशमूलक पत्र - 2017-01-28

चसिला तामाङ- पूजनीय आमा साष्टांग दण्डवत ! समुन्दपारी यो बिरानो शहर बाट आजसम्म कुशल रहेको अवगत गराउदै त्यहाँ तपाईलाई पनि कुशल मंगलै होला भनी आशा लिएको छु ।

मानिसको चेतना खै ? - 2017-01-23

काशीनाथ खनाल- गत पौष २० गते (२०७१ साल) को बिहानीमा चितवनबाट काठमाण्डौंका लागि सफर गर्दै थिएँ । माइक्रोका चालक नजिकै बसेकाले उनीसँग केही उत्तर-प्रतिउत्तर चल्दैथियो ।

कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ? - 2017-01-13

डोलु आले मगर, दक्षिण कोरिया ओ हो !! पहिलो दिन कम्पनीमा छिर्दै गर्दा मेशिनको आवाज र व्हास्स्स नाक मुख बाट पसेर आन्द्राभुँडी बटार्ने पलास्टिक र केमिकलको गन्ध। काम गर्न सकिन्छ जस्तो लागेको थिएन।

आमा मलाई तपाईंको माया नभएको होईन - 2017-01-09

चन्द्र घलान , आमा मलाई तपाईंको माया नभएको होईन । यो सँसारमा सबै भन्दा बढी माया म तँपाईलाई गर्छु । तर पनि आज तँपाईलाई त्यो गाउँको दु:खमा एक्लै छोडेर आज यो स्वार्थी दुनियाँमा एक्लै बस्ने आँट गर्दै छु ।

आमाबुवालाई हँसाउने सपना सजाएर हिँड्छु - 2017-01-09

चन्द्र घलान , आमाबुवालाई फोन नगरेको पनि आज ५ दिन भएछ । यो बिहानीमा सोच्दैछु सायद मेरी आमा उठेर गोठ तिर गाई भैँसीलाई खोले खुवाउँदै हुनुहुन्छ होला । अनि मेरो बुवा सकी नसकी दम रोग सँग लड्दै उठेर बस्ने प्रयास गर्दै हुनुहुन्छ होला ।

ताजा अपडेट

  • Stad Computer


  • Rije Jwelers


लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top