Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौँडाको हुप्राचौर ‘नमुना खुल्ला चौर’ बन्ने तयारीमा, ३ करोड बजेटसहित मास्टर प्लान अन्तिम चरणमा

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र २५, २०८२
49 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौँडाको हुप्राचौर ‘नमुना खुल्ला चौर’ बन्ने तयारीमा, ३ करोड बजेटसहित मास्टर प्लान अन्तिम चरणमा
1 मिनेट पढ्ने
अपडेट: चैत्र २५, २०८२
Advertisement

हेटौंडा,चैत २५ गते । बाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक चौर (हुप्राचौर) लाई सुविधा सम्पन्न तथा आकर्षक नमुना खुल्ला चौरका रूपमा विकास गरिने भएको छ। करिब ३ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्दै चौरलाई प्रदेशकै उत्कृष्ट सार्वजनिक स्थल बनाउने लक्ष्यसहित योजना अघि बढाइएको हो।

हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाका अनुसार ‘महिला मैत्री सहर निर्माण परियोजना’ अन्तर्गत चौरको मास्टर प्लान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। मास्टर प्लान तयार भएसँगै निर्माण कार्यका लागि छिट्टै बोलपत्र आह्वान गरिने उनले बताइन्। परियोजनाका साथै अन्य स्रोतबाट पनि आवश्यक बजेट व्यवस्थापन गरिने जनाइएको छ।

त्यसैगरी वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले चौरलाई बहु-उपयोगी र व्यवस्थित खेल तथा मनोरञ्जन क्षेत्रका रूपमा विकास गरिने जानकारी दिए। उनका अनुसार फुटबल, भलिबल र क्रिकेट खेल मैदानलाई थप स्तरीय बनाइनेछ भने खुल्ला जिमको मर्मत तथा विस्तार गरिनेछ। साथै बालबालिकाका लागि खेल क्षेत्र, जेष्ठ नागरिकका लागि विश्राम स्थल, बस्ने तथा आराम गर्ने स्थान, आकर्षक प्रवेशद्वार र मञ्च निर्माण गरिने योजना रहेको छ।

यसअघि चौरमा सार्वजनिक शौचालय, हिँड्ने ट्र्याक र भलिबल कोर्ट निर्माण भइसकेको छ भने क्रिकेट केज निर्माणको काम जारी रहेको छ। वडा कार्यालयको व्यवस्थापनमा नियमित सरसफाइ तथा मर्मत सम्भार हुँदै आएको चौरमा हालै ४ वटा हाईमास्ट बत्ती जडान गरिएपछि रातको समयमा समेत उज्यालो वातावरण बनेको छ।

वडा अध्यक्ष सिग्देलका अनुसार चौरलाई महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा खेल प्रेमी सबैका लागि मैत्रीपूर्ण बनाउने उद्देश्य सहित योजना अघि बढाइएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6017 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2432 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 880 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 821 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती…
8 minutes पहिले
अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
5 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
7 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
21 hours पहिले
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

8 minutes पहिले 25 views

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

5 hours पहिले 46 views

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

7 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya