Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

एक तिहाइ विकासे अड्डामा इन्जिनियर अभाव

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
फाल्गुन २६, २०७९
65 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
एक तिहाइ विकासे अड्डामा इन्जिनियर अभाव
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २६, २०७९
Advertisement

काठमाडौं, फागुन २६ । विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ। जसले गर्दा विकासे योजनाहरू कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ। इन्जिनियर अभावले विकासका काम गर्न निकै कठिनाइ भएको सम्बन्धित कार्यालयका उच्च कर्मचारीहरू बताउँछन्।

सहरी विकास मन्त्रालयका सहसचिव तथा नयाँ सहर आयोजनाका आयोजना प्रमुख एकराज अधिकारीले सहरी विकास मन्त्रालयसँग सम्बन्धित कार्यालय तथा योजनाहरूमा कम्तीमा एक तिहाइ इन्जिनियर ९शाखा अधिकृतसरह० तथा सब इन्जिनियर अभाव रहेको बताउँछन्।

यसैगरी सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले विभाग र मातहतका देशभरिका कार्यालयमा २३० जना सब इन्जिनियर तथा २५ जना इन्जिनियर अभाव भएको बताए। ‘विभागमातहतमा देशभरि इन्जिनियरहरूको कुल दरबन्दी ६७३ छ तर २३० सब इन्जिनियरको अभाव छ,’ उनले भने, ‘यो भनेको करिब एक तिहाइ सब इन्जिनियर अपुगको अवस्था हो। ठुलो संख्यामा सब इन्जिनिययर अभाव हुँदा विकास निर्माणसँग सम्बन्धित काम गर्न एकदमै कठिनाइ भएको उनको भनाइ छ।

लोकसेवा आयोगले भर्ना प्रक्रिया सुरु गरेका प्राविधिक कर्मचारीहरू अझै विकासे अड्डामा पुगेका छैनन्। जसले गर्दा कर्मचारीको अभाव भएको बताइएको छ। सडक विभागका प्रवक्ता रामहरि पोखरेलले एकै पटक ठुलो संख्यामा प्राविधिक कर्मचारी अभाव भएको बताए।

आयोगले समयमै प्राविधिक कर्मचारीहरू सिफारिस गर्न नसकेकाले देशभरि इन्जिनियरहरूको अभाव भएको सहरी विकासका सहसचिव अधिकारीको भनाइ छ। ‘केही इन्जिनियर बढुवा भएर सिडिई ९सिनियर डिभिजन इन्जिनियर० भएका छन्। खाली दरबन्दीमा आयोगले कर्मचारी पठाएको छैन,’ उनले भने, ‘देश संघीयतामा गएपछि केन्द्रको दरबन्दी घटाइयो। तर काम भने सबै केन्द्रमै थोपरियो। यसबाट पनि इन्जिनियरहरूको अभाव भएको हो।’ सहरी विकास तथा भवन निर्माण विभागका अनुसार उक्त विभागमा सब इन्जिनियरहरूको दरबन्दी ६६ भए पनि २४ जना अपुग छन्। अहिले विभागमा ४२ जना मात्र सब इन्जिनियर छन्। यसैगरी १८५ इन्जिनियरहरूमध्ये ४१ जनाको अभाव छ। यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6030 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
1 hour पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
17 hours पहिले
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप,…
18 hours पहिले
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो…
18 hours पहिले
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

11 months पहिले 269 views

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

1 year पहिले 92 views

भक्तपुरमा ३८ जना बाजा प्रशिक्षार्थीहरु दिक्षित

2 years पहिले 208 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya