Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज १४, २०८०
756 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
0 मिनेट पढ्ने
अपडेट: अशोज १४, २०८०
Advertisement

हेटौंडा । मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान)ले जेष्ठ नागरिक दिवसको अवसर पारी आइतबार  मकवानपुर जिल्लाको हेटौंडामा आमा सेमिनार सम्पन्न गरेको छ । मातृत्व र मातृभूमिको सम्मानमा आयोजित सेमिनारमा करिब ५०० जना सहभागी भए । सेमिनार जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्व र गरिमा बोध गराउन सफल हुँदै आएको छ ।

भाषण र आसनले कार्यक्रमलाई लम्बेतान बनाउने परम्पराबाट गुज्रिरहेको नेपाली समाजमा आज भएको आमा सेमिनार एक उदाहरण बनेको छ । अनौपचारीक रुपमा नै सुभारम्भ भएको कार्यक्रममा बाग्मति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सुभारम्भमा दुई मिनेट कार्यक्रम सफलताको लागि शुभभावना राख्नुभयो । त्यसपछि केहिछिन मानवसेवा आश्रमको परिचयात्मक भिडियो र मुख्य कार्यालय मकवानपुर हेटौंडाको सेवा दैनिकी प्रस्तुत भयो । लगतै मानवसेवा आश्रमका प्रमख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभयो ।

कार्यक्रम सहभागी भएका सबैजनाको आँखा टल्पलाएका थिए । सहभागीहरु कार्यक्रमभरी नै सुम्क सुक्न गर्दै रुइइरहे । जब कार्यक्रम सक्कियो सहभागीहरु कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञ हुँदै बाहिरिए । कतिजना अभियान्ताहरुलाई अंगालो हाल्दै रोहिरहेका थिए भने कार्यक्रमका प्रस्तोता रामजी अधिकारीसंग फोटो खिचाउन आतुर देखिन्थे ।

संस्थाका कोषाध्यक्ष एवं तालिम विभाग प्रमुख होमनाथ तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य एवं बागमती प्रदेश प्रमुख उमा भण्डारीले मानवताका प्रवद्र्धनका लागि सामुहिक संकल्प गराउनुभएको थियो ।
भर्खरै बेलायतमा आमा कार्यक्रम सहजीकरण गरेर नेपाल आए लगतै हेटौंडामा आमा कार्यक्रम प्रस्तुत भएको हो । माघ महिनामा अस्ट्रेलियाको सातओटै स्टेटमा आमा कार्यक्रम प्रस्तुत हुँदैछ ।

कार्यक्रममा बाग्मति प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री कुमारी मुक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामा, मानवसेवा आश्रमका मकवानपुर जिल्ला संयोजक पुरण बहादुर जोशी लगाएत मानवसेवा आश्रमका अभिभावक, सुभेच्छुकहरुको समपस्थिति रहेको थियो ।
मानवसेवा आश्रमले यस कार्यक्रम सफल बनाउन आश्रमका अभिभावक कैलाश ढकालको संयोजकत्वमा १५ सदसीय आयोजक समिति गठन गरेको थियो । जसमा खुशी क्लवको प्रतिनिधित्व गर्दै अभिभावक लक्ष्मी कंडेल सहसंयोजक, अभिभावक रामकृष्ण थापा सचिव र तारा प्रसाद लामिछाने कोषाध्यक्ष रहेको १५ सदसीय आयोजक समिति गठन गरी कार्यक्रमको तयारी सुभारम्भ भएको थियो । कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
17 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
19 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

17 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya