Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख ७, २०८३
39 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण
1 मिनेट पढ्ने
अपडेट: बैशाख ७, २०८३
Advertisement

काठमाडौं,बैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेका विभिन्न आरोप र चर्चाप्रति स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको लामो वक्तव्यमा उनले आफूविरुद्ध फैलाइएका हल्ला र वास्तविकताबीच फरक रहेको उल्लेख गर्दै तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

“२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै मन्त्री गुरुङले आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू अन्तर्गत २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुलाएको बताएका छन्। उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही वर्गमा समेटिएको स्पष्ट पारे। “यो लुकाउने विषय होइन, वर्गीकरणको विषय हो,” उनले भने।

मन्त्री गुरुङले आफूले सम्पत्ति लुकाएको भन्ने आरोपलाई खण्डन गर्दै “लुकाउने व्यक्तिले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन” भन्ने तर्क प्रस्तुत गरेका छन्।

“मन्त्री हुनुअघि सेयर किनियो” भन्ने विषयमा उनले सेयरमा लगानी गर्नु अपराध नभएको उल्लेख गर्दै सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको बताएका छन्। “बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ, यस्तो हिसाब हुने पैसा लुकाउन सम्भव हुँदैन,” उनले स्पष्ट पारे।

स्रोतबारे उठेका प्रश्नमा उनले आफूले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ रहेको जानकारी दिए। सो रकम बैंकिङ प्रणालीमार्फत आएको र त्यसैबाट लगानी गरिएको उनले बताए। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले उल्लेख गरेका छन्।

“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपप्रति उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको बताएका छन्। “यदि त्यसैलाई आधार मान्ने हो भने सोही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ,” उनले प्रश्न उठाए।

“Conflict of interest” सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको स्पष्ट पार्दै उक्त निकायले प्रक्रिया अनुसार अनुसन्धान गरिरहेको जानकारी दिए। “यदि मैले हस्तक्षेप गरेको भए छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन,” उनले भने।

पृष्ठभूमि नजाँची लगानी गरेको भन्ने आरोपलाई पनि उनले अस्वीकार गर्दै व्यापारिक लगानीमा जोखिम हुने स्वाभाविक प्रक्रिया भएको बताएका छन्। “पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु तथ्य होइन,” उनले स्पष्ट पारे।

कानुनी रूपमा संवेदनशील विषय भएकाले तत्काल प्रतिक्रिया नदिनु उपयुक्त हुने पनि उनले बताएका छन्। “हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ,” उनले लेखेका छन्।

अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। साथै, पार्टीले गर्ने हरेक निर्णय पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2438 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1077 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 883 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 826 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 754 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
15 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
17 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

15 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना कुमारी लामाले समानता र विश्वासको खाँचो औंल्याइन्

17 hours पहिले 44 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya