Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जसपा नेपालद्वारा जेन जी आन्दोलन सफल भएको घोषणा, अन्तरिम सरकार गठनको माग

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
भदौ २५, २०८२
111 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जसपा नेपालद्वारा जेन जी आन्दोलन सफल भएको घोषणा, अन्तरिम सरकार गठनको माग
0 मिनेट पढ्ने
अपडेट: भदौ २५, २०८२
Advertisement

ललितपुर, भदौ २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यालय बालकुमारी ललितपुरले जारी गरेको विज्ञप्तिमा नेपालकै इतिहासमा पहिलोपटक जेन जी पुस्ताद्वारा सञ्चालन गरिएको सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका लागि भएको आन्दोलन विजयका साथ सफल भएको घोषणा गरेको छ।

जसपा नेपालले आन्दोलनमा सहभागी युवापुस्तालाई हार्दिक बधाई दिँदै सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शहीद परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। विज्ञप्तिमा घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत व्यक्त गरिएको छ।

आन्दोलनका क्रममा जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्दै पार्टीले थप दुर्घटना र क्षति हुन नदिन सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, विगतका संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय, नागरिक स्वतन्त्रता र मौलिक हक जस्ता ऐतिहासिक उपलब्धिहरूलाई सुरक्षित गर्दै अझै नयाँ उपलब्धिहरू हासिल गर्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा कुनै पनि प्रकारको अतिवादी वा प्रतिगमनकारी गतिविधि हुन नदिन सबै पक्षलाई सचेत गराइएको छ। साथै, आन्दोलनरत परिवर्तनकारी युवालाई समेट्दै तत्काल अन्तरिम सरकार गठन गरी मुलुकलाई सहज निकास दिनुपर्नेमा जोड दिइएको छ।

जसपा नेपालले संयमता, धैर्यता, वार्ता र संवादमार्फत शान्ति, कानुन व्यवस्था, सहिष्णुता र अमनचयन कायम गर्न सबै पक्षलाई सक्रिय सहयोग गर्न हार्दिक अपिल गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6107 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण…
32 minutes पहिले
हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध,…
49 minutes पहिले
अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
57 minutes पहिले
काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
11 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

32 minutes पहिले 32 views

हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

49 minutes पहिले 37 views

अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द

57 minutes पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya