Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सरकारी निकायमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी

admin
रिपोर्टर: admin
फाल्गुन २८, २०७९
64 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सरकारी निकायमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २८, २०७९
Advertisement

काठमाडौं, फागुन २८ । पछिल्लो घटना १ : २५ मंसिरमा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परे ।

घटना २ : २१ मंसिरमा रुपन्देहीमा सशस्त्र प्रहरी हवल्दार नगेन्द्र सेन २० हजार रुपैयाँ घुससहित पक्राउ परे ।
घटना ३ : १८ फागुनमा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नासु रामकृष्ण पण्डित ९ हजार रुपैयाँ घुससहित पक्राउ परे ।

घटना ४ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार रुपैयाँसहित पक्राउ परे ।
उनीहरू सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरी हिरासतमा लिएको थियो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । अहिले पनि कैयौं सरकारी कार्यालयमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी छ । बिचौलिया र एजेन्ट प्रयोग नगरी सिधै घुस खान खोज्नेहरू बढी अख्तियारको फन्दामा परेको देखिन्छ भने बिचौलिया र एजेन्टमार्फत घुस खानेहरू प्रायः उम्कने गरेका छन् ।

अधिकांश घुस्याहा कर्मचारीले विभिन्न बिचौलिया र एजेन्टमार्फत घुस खाने गरेकाले पनि उनीहरूको कर्तुत बाहिर आउन नसकेको र घुस खानेहरू धेरैले सहजै उन्मुक्ति पाउने गरेको बताइन्छ । फरक फरक कार्यालयका कर्मचारीले घुस खाँदा फरक फरक बिचौलिया र एजेन्टहरू प्रयोग गरेको पाइएको छ ।

अख्तियार स्रोतका अनुसार मालपोत कार्यालयका कर्मचचारीले लेखापढी व्यवसायी तथा अन्य बिचौलियामार्फत घुस खाने गरेका छन् भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीले अडिटरमार्फत घुस खाने गरेका छन् । यस्तै, लाइसेन्स कार्यालयका कर्मचारीले ड्राइभिङ इन्स्टिच्युटण्मार्फत र अन्य बिचौलियामार्फत, यातायाता कार्यालयका कर्मचारीले बस व्यवसायी, ट्रक व्यवसायी तथा अटोमोबाइल लिडरमार्फत सेटिङमा घुस खाने गरेका छन् ।

यसरी कार्यालय र क्षेत्र पिच्छे कर्मचारीको घुस खाने तरिक र पद्धति फरक छ र एजेन्टहरू पनि फरक फरक हुने गरेको देखिन्छ ।

अख्तियारले आकलझुकल पक्राउ गर्ने गरेको भए पनि सरकारी कार्यालयमा यस्ता खालका घुसका डिल तथा कारोबार प्रायः दिनदिनै हुने गरेको सरोकारवालाको अनुभव छ । जनताका काम बढी हुने सरकारी कार्यालयमा नै बढी घुस चल्ने गरेको र घुस लिएका अनगिन्ती घटनामध्ये निकै कम घटना मात्रै अख्तियारको आँखामा पर्ने गरेको बताइन्छ । यद्यपि, पछिल्लो दिनमा घुस खानेलाई अख्तियारले रंगेहात पक्राउ गर्ने क्रम बढेको छ । राजधानी दैनिकबाट

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

AD

admin

admin हाम्रो समाचार संवाददाता हुनुहुन्छ।

8 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1095 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग…
5 hours पहिले
सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह
19 hours पहिले
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने…
20 hours पहिले
हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद्…
1 day पहिले
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

5 hours पहिले 72 views

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

19 hours पहिले 34 views

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

20 hours पहिले 36 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya