Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडालाई साहित्यिक केन्द्र बनाउने प्रतिबद्धता : मेयर मिना लामाद्वारा सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माणको घोषणा

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २६, २०८२
133 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडालाई साहित्यिक केन्द्र बनाउने प्रतिबद्धता : मेयर मिना लामाद्वारा सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माणको घोषणा
0 मिनेट पढ्ने
अपडेट: पुस २६, २०८२
Advertisement

हेटौंडा, पुस २६ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौंडालाई नेपाली साहित्यको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित साहित्य सङ्गम मकवानपुर तथा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव–२०८२ का सन्दर्भमा आफ्नो सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै उनले साहित्य, कविता र स्रष्टाप्रति गहिरो सम्मान प्रकट गरेकी हुन्।

मेयर लामाले कविता साहित्यको सबैभन्दा जेठो विधा मात्र नभई आजको समयमा सबैभन्दा बढी लेखिने र पढिने विधा भएको उल्लेख गर्दै कविताले जीवन, समाज, देश र भविष्यलाई समग्र रूपमा प्रतिबिम्बित गर्न सक्नुपर्ने धारणा राखेकी छन्। सरलताका नाममा मनलाग्दी र अटिलताका नाममा अर्थहीन कविता लेखिनु साहित्यका लागि भ्रम सिर्जना गर्ने कार्य भएको उनको टिप्पणी छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनाहरू सधैँ सान्दर्भिक रहने उल्लेख गर्दै उनले देवकोटाको चेतनाले नेपाली समाजलाई गहिरो प्रभाव पारेको बताएकी छन्। साथै, हेटौंडालाई कर्मभूमि बनाएका कालजयी स्रष्टा भीम विराग र उनका गीतहरू नारायणगोपालको स्वरमा अमर बनेको प्रसंग पनि उनले स्मरण गरेकी छन्।

मकवानपुर जिल्लाका समकालीन तथा अग्रज साहित्यकारहरू—डा. निमेष निखिल, साम्भा ढकाल, आरआर चौलागाईं, युग पाठक, छवि अनित्य, डा. तारालाल श्रेष्ठ, अनिता न्यौपाने, शान्तिप्रिय बन्दना लगायतका स्रष्टाहरूको योगदानप्रति गर्व व्यक्त गर्दै मेयर लामाले साहित्य सङ्गम मकवानपुर जस्ता संस्थाहरू र ‘किताब घर’ जस्ता अभियानले हेटौंडालाई साहित्यिक केन्द्रतर्फ उन्मुख गरिरहेको बताएकी छन्।

उनले छिट्टै नै सडक सार्वजनिक निःशुल्क पुस्तकालय निर्माण गर्ने योजना सार्वजनिक गर्दै सरसल्लाहसहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्। राजनीति कर्मसँगै आफू कविता प्रेमी भएको उल्लेख गर्दै मेयर लामाले कविताले सिंगो जीवन बोकेको अनुभूति दिलाउने भएकाले आफूलाई कविता विशेष मन पर्ने बताएकी छन्।

पर्यावरणीय संकट बढिरहेको विश्व सन्दर्भमा पर्यावरण विषयक कविता प्रतियोगिताको महत्व झनै बढेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमहरू नेपाली साहित्यका लागि उपलब्धि भएको धारणा राखेकी छन्। साथै, एआई र सामाजिक सञ्जालको प्रभावका बीच पनि लेखन साधनाबाट निखारिनुपर्नेमा उनले जोड दिएकी छन्।

अन्त्यमा, उक्त महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै मेयर लामाले सहभागी सबै कविहरूको साधना अविरल रहोस् र उनीहरूको सिर्जनाले नेपाली तथा विश्व मानव सभ्यतालाई नयाँ दिशा देओस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6017 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2432 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 880 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 821 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती…
6 minutes पहिले
अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
5 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
7 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
21 hours पहिले
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

6 minutes पहिले 24 views

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

5 hours पहिले 46 views

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

7 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya