Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

विदेशमा मृत्यु भएका नेपालीहरूको बीमाबापतको रकम ठगी गर्ने गिरोह पक्राउ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २५, २०७९
42 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
विदेशमा मृत्यु भएका नेपालीहरूको बीमाबापतको रकम ठगी गर्ने गिरोह पक्राउ
1 मिनेट पढ्ने
अपडेट: चैत्र २५, २०७९
Advertisement

काठमाडौं – वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरूको बीमाबापतको रकम ठगी भएको पाइएको छ । शव ल्याउँदा परिवारले पाउने बिमा रकम मिलाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । बिमाबापतको रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाही लालबन्दी-८ का ३४ वर्षीय विनोदकुमार लामा, सर्लाहीको लालबन्दी-८ का ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय सर्लाही लालबन्दी-८ कै रवीन्द्र मोक्तान, सोही स्थानका ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन-२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमा रकमको ठगी गर्ने गरेका थिए ।

प्रहरीले बिहीबार दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनुभयो । उहाँले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बिमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण कागजातहरू फेला परेको बताउनुभयो ।

उक्त कागजातहरू बरामद गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको केसीले बताउनुभयो । पत्रकार सम्मेलनमा कार्यालयका सूचना अधिकारी एसपी रवीन्द्र रेग्मीले विदेशबाट पठाइएका शवहरूको बिमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बिमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताउनुभयो ।

उहाँका अनुसार बिमाबापत पीडित परिवारले १३ लाख पाउनुपर्नेमा गिरोहले पाँच लाख मात्रै दिलाएर आफूले सात लाख लिने गरेको पाइएको छ । ‘जब विमानस्थलमा शव भित्रिन्छ, त्यसपछि गिरोहका व्यक्तिहरू परिवारसँग नजिक हुने गर्छन्, परिवारसँग नजिक भई बिमा रकम दिलाइदिने बताउँछन्’ एसपी रेग्मीले भन्नुभयो, ‘पीडितको घरमै पनि पुगेर बिमाको सम्पूर्ण डकुमेन्ट मिलाइदिने र बिमा रकम आइसकेपछि ठगी गरेको पाइन्छ ।’

उनीहरूले मृतकको शव आइसकेपछि परिवारलाई काठमाडौंमा बिमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको बताउनुभयो । पक्राउ परेका सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त सात लाख पनि पाउने व्यवस्था छ । उनीहरूले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6107 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण…
52 minutes पहिले
हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध,…
1 hour पहिले
अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
1 hour पहिले
काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
11 hours पहिले
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

52 minutes पहिले 32 views

हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

1 hour पहिले 37 views

अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द

1 hour पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya