Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

भुटनदेवी मावि अन्तर्राष्ट्रिय गुणस्तरमा उक्लने तयारीमा, आईएसओ प्रमाणीकरणका लागि सम्झौता

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र ८, २०८२
86 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
भुटनदेवी मावि अन्तर्राष्ट्रिय गुणस्तरमा उक्लने तयारीमा, आईएसओ प्रमाणीकरणका लागि सम्झौता
0 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०८२
Advertisement

हेटौँडा, चैत ८ गते । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले आफ्नो भौतिक संरचना र शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा उक्लाउने अभियान सुरु गरेको छ। यसका लागि विद्यालयले ग्लोबल क्वालिटी काउन्सिल, नेपालसँग आईएसओ प्रमाणीकरणतर्फ अघि बढ्ने सम्झौता गरेको छ।

आइतबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ तथा विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र सूचकबारे अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थामा रूपान्तरण गर्ने लक्ष्यसहित विभिन्न चरणका कार्यक्रम अघि बढाइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले आगामी २०८३ साल चैत मसान्तभित्र आईएसओ प्रमाणीकरण हासिल गर्ने लक्ष्य लिइएको जानकारी दिँदै भौतिक पूर्वाधार र शैक्षिक वातावरणलाई गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माका अनुसार विद्यालयको प्रारम्भिक अवस्था अध्ययन गरी आगामी तीन वर्षका लागि शैक्षिक गुणस्तर सुधार ढाँचा तयार पारिएको छ। उनले मकवानपुर जिल्लाकै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित सामुदायिक विद्यालयका रूपमा भुटनदेवी मावि स्थापित हुने विश्वास व्यक्त गरे।

यसअघि विभिन्न चरणमा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, विद्यालय अनुगमन समिति र स्थानीय सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि आईएसओ प्रमाणीकरणमा जाने निर्णय गरिएको सह–प्रधानाध्यापक तथा विद्यालय आईएसओ संयोजक वेदराज कोइरालाले जानकारी दिए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6030 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
6 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
22 hours पहिले
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप,…
22 hours पहिले
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो…
23 hours पहिले
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

6 hours पहिले 50 views

मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी पल्टिए

22 hours पहिले 46 views

मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

22 hours पहिले 69 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya