Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख २४, २०८३
78 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज
1 मिनेट पढ्ने
अपडेट: बैशाख २४, २०८३
Advertisement

हेटौडा, वैशाख २४ गते। हुप्राचौर क्षेत्रमा जेष्ठ नागरिकहरूका लागि मिलन केन्द्र निर्माण गर्ने विषय यतिबेला स्थानीय स्तरमा बहसको विषय बनेको छ। सामाजिक अभियान्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महत ले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा पछि यस विषयले थप चर्चा पाएको हो।

महतले विकासका नाममा “विरोधका लागि विरोध” गर्न नहुने उल्लेख गर्दै आवश्यकता, भविष्य र विकासबीच सन्तुलन कायम गरिनुपर्ने बताएका छन्। उनका अनुसार विकास व्यवहारिक, वातावरणमैत्री र कलात्मक हुनुपर्छ भन्ने आवाज स्वाभाविक हो।

उनले विशेषगरी जेष्ठ नागरिकहरूका लागि मनका कुरा साटासाट गर्ने, अनुभव बाँड्ने तथा आत्मीयता साट्ने सार्वजनिक स्थलको आवश्यकता बढ्दै गएको उल्लेख गरेका छन्। यस्ता स्थलहरूले जेष्ठ नागरिकलाई मानसिक शान्ति, आत्मसन्तुष्टि र सामाजिक अपनत्व प्रदान गर्नुका साथै एक्लोपन तथा विभिन्न मानसिक र सामाजिक समस्याबाट टाढा राख्न सहयोग पुग्ने उनको भनाइ छ।

महतले जीवनभर संघर्ष गरेर अवकाश जीवन बिताइरहेका अग्रजहरूको अनुभव समाजका लागि “थिङ्क ट्यांक” सरह बहुमूल्य हुने उल्लेख गर्दै विश्वका विभिन्न देशमा जेष्ठ नागरिकमैत्री सार्वजनिक स्थल निर्माण गरिएका उदाहरण पनि प्रस्तुत गरेका छन्। जापानका “Senior Community Centers”, चीनका खुला पार्क भेटघाट स्थल, दक्षिण कोरियाका “Senior Welfare Centers”, सिंगापुरका “Active Ageing Centres”, स्विडेनका “Senior Meeting Places” तथा अमेरिकाका “Senior Centers” ले बृद्धबृद्धाको सामाजिक जीवन सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन्।

नेपालमा पनि जेष्ठ नागरिक मिलन केन्द्र, चौतारी तथा दिवा सेवा केन्द्रको अवधारणा भए पनि अझ पर्याप्त र व्यवस्थित रूपमा विकास हुन नसकेको उनको धारणा छ।

हुप्राचौरमा करिब ८०० स्क्वायर फिट क्षेत्रमा जेष्ठ नागरिकहरूको माग र पटक–पटकको डेलिगेसनपछि यस्तो संरचना निर्माण गर्ने पहल गरिएको बताइएको छ। निर्माण स्थल आसपासका जेष्ठ नागरिकहरूसँगको भेटघाटबाट यस्तो आवश्यकता स्पष्ट रूपमा महसुस भएको महतले उल्लेख गरेका छन्।

यद्यपि स्थानीय स्तरमा खुला चौर क्रमशः संरचनाले भरिँदै जाने हो कि भन्ने चिन्ता पनि उठेको छ। महतले त्यसलाई समेत जायज चासोका रूपमा स्वीकार गर्दै संरचना केवल कन्क्रिटको थुप्रो नभई वातावरणमैत्री र स्थानीय कला–संस्कृति झल्किने शैलीमा निर्माण गर्नुपर्ने सुझाव महत्वपूर्ण रहेको बताएका छन्।

उनले आवश्यकता, दीर्घकालीन प्रभाव, वातावरणीय पक्ष, सौन्दर्य र सार्वजनिक उपयोगितालाई सन्तुलित रूपमा मूल्यांकन गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6132 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1095 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग…
4 hours पहिले
सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह
18 hours पहिले
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने…
19 hours पहिले
हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद्…
1 day पहिले
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

4 hours पहिले 72 views

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

18 hours पहिले 33 views

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

19 hours पहिले 36 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya