Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जनता समाजवादी पार्टी नेपालविरुद्ध मधेसमा मोर्चाबन्दी सुरु

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १, २०७९
133 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जनता समाजवादी पार्टी नेपालविरुद्ध मधेसमा मोर्चाबन्दी सुरु
0 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०७९
Advertisement

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालविरुद्ध मधेसमा मोर्चाबन्दी सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ चार दलको साथमा गएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीले अर्को गठबन्धन तयार गरेका छन् । उपराष्ट्रपति पदको निर्वाचनका लागि यी तीन दलको मोर्चा घोषणा भइसकेको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा महिला र पुरुष गरी दुई जना उम्मेदवार उठाएपछि यी तीन दलले त्यसको विरुद्धमा जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले पहिला नै टुङ्गो लगाइसकेका थिए । सोमबार बसेको सत्ता पक्षीय १० दलको बैठकमा उपराष्ट्रपतिको विषयमा पहिला नै टुङ्गो लागिसकेको जानकारी गराइएको थियो ।त्यसपछि जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले आफ्नो छुट्टै उम्मेदवार बनाउने निर्णय गरेका हुन् । उपराष्ट्रपतिको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस केन्द्रित दल लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीमध्ये कसैसँग कुनै छलफल गरेनन् ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहका अनुसार भागबण्डामा जसपाका अध्यक्ष यादवले उपराष्ट्रपति पाइसकेपछि अन्य दलसँग छलफल तथा सल्लाह गरेनन् । जसपाका अध्यक्ष यादवले लोसपा, जनमत र उन्मुक्ति पार्टीलाई महत्त्व नै नदिएको गुनासो उपाध्यक्ष साहको छ । उनले भने, ‘हामीले हरेक विषयमा जसपासँग छलफल गरेका छौं, जानकारी गराएका छौं तर उसले हामीसँग कुनै समन्वय नै गर्न नचाहने हो भने त्यसको पर्खाइमा बस्न सकिँदैन । जोसँग मुद्दा र विचार मिल्छ ऊसँग मिलेर अगाडि बढ्नेछौं ।’मधेसको मुद्दा तथा देशकै हितका लागि यो गठबन्धन बनेको दाबी गर्दै उनले उपेन्द्र यादव विरुद्धको मोर्चाबन्दी भने नभएको दाबी गरे ।२०७९ को तीनै तहको चुनावमा गठबन्धन बनाउनका लागि जनमत र लोसपाले प्रयास गरेका थिए ।

जसपाले पनि चुनावी गठबन्धनका लागि कार्यदल बनाएको थियो । तर उसले मधेस केन्द्रित कुनै पनि दलसँग छलफल नै गरेन । बरु जनमत र लोसपाले जसपासँग छलफल पनि गरेका थिए । जनमत पार्टीका अध्यक्ष सीके राउत स्वयंले उपेन्द्र यादवलाई भेटेर चुनावी गठबन्धनका लागि प्रस्ताव गरेका थिए । लोसपाका नेताहरुले पनि जसपाका नेताहरुसँग चुनावी तालमेलका लागि छलफल गरेका थिए तर जसपा भने ठूला दलसँग चुनावी तालमेल गर्ने दौडधुपमा थियो । यो पछिल्लो गठबन्धन लोसपा र जनमतले जसपालाई सोधखोज नगरी बनाएका हुन् । यो गठबन्धनले जसपाका उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने छैन । प्रतिनिधि सभाको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए ।

लोसपाले पनि उपेन्द्र यादवको विरुद्धमा आफ्नो उम्मेदवार खडा गरेको थियो । उपराष्ट्रपतिको चुनावमा पनि जनमत र लोसपाले जसपाविरुद्ध मोर्चा बनाएर चुनौती दिएका हुन् ।जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेको खण्डमा बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन गराउनुपर्ने हुन्छ । उक्त चुनावमा उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । सो क्षेत्रमा पनि जनमत र लोसपाले जसपालाई साथ नदिने सम्भावना रहेको लोसपाका नेताहरु बताउँछन् । लोसपाका एक कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्रजीले समन्वय गर्नुभएन भने यो गठबन्धन हरेक क्षेत्रमा आफ्नै तरिकाले अगाडि बढ्छ ।’

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6030 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
4 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
21 hours पहिले
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप,…
21 hours पहिले
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो…
21 hours पहिले
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

4 hours पहिले 45 views

मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी पल्टिए

21 hours पहिले 46 views

मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

21 hours पहिले 69 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya