Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

घाउचोटको खत कसरी मेटाउन सकिन्छ र यसको उपचार पध्दति कस्तो रहन सकिन्छ हेर्नुस् !

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १, २०७९
104 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
घाउचोटको खत कसरी मेटाउन सकिन्छ र यसको उपचार पध्दति कस्तो रहन सकिन्छ हेर्नुस् !
0 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०७९
Advertisement

कहिलेकाहीं शरीरमा चोटपटक लाग्छ, आगो वा तातो पानीले पोल्छ । हातहतियारले काट्छ । यस्ता कतिपय चोटको दाग लामो समय वा जीवनभर पनि रहन्छ । खासगरी हात–खुट्टा, अनुहारमा खत बस्यो भने असुहाउँदिलो देखिने पनि हुन्छ । यस्तो स्थितिमा कसरी खत मेट्न सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ ।

के खत मेट्न सकिन्छ ?

घाउको दाग कस्तो स्थितिमा छ ? कति गहिरो, कति ठूलो, कति पुरानो हो ? यसै कुरालाई आधार बनाएर खत मेट्न सकिने नसकिने टुंगो गर्न सकिन्छ । त्यसैगरी खत कसलाई भएको हो ? वयस्कलाई, बुढापाकालाई, बालबच्चालाई ? किनभने सानो बालबच्चाको शरीरमा कुनै घाउको खत बसे त्यो मेटिन सजिलो हुन्छ । जति जति उमेर छिप्पिंदै जान्छ, घाउ खत मेट्न पनि गाह्रो हुन्छ । त्यसबाहेक यदि कसैको घाउको खत मेटिएको छैन भने क्रिम वा उपचार विधिबाट पनि त्यसको समाधान खोज्न सकिन्छ । यदि छालाको माथिल्लो सतह वा बाहिरी भागमा मात्र खत छ भने त्यस्तो मेटाउन सहज हुन्छ ।

दाग बस्ने सम्भावना बढी हुने ठाउँ

अनुहार, हात, खुट्टामा घाउचोटको खत बढी हुन सक्छ । शरीरमा जुन ठाउँमा छाला पातलो हुन्छ, त्यसमा दाग बस्ने सम्भावना बढी हुन्छ ।

के छ उपचार ?

चोटको स्थितिअनुसार त्यसको खत मेट्ने विधि फरक–फरक हुन्छ । कुनै क्रिम मात्र लगाएर पनि निको हुन्छ । खासगरी छालाको माथिल्लो सतहमा भएको चोट मेट्न क्रिमले काम गर्न सक्छ । यदि गहिरो वा मांसपेशीसम्म चोट लागेर खत बसेको छ भने त्यसमा लेजरको माध्यमबाट उपचार गर्नुपर्ने हुन सक्छ । सामान्यतया कार्बनडाइअक्साइड लेजरबाट दाग हटाइन्छ ।

आगो वा तातोपानी पोलेर बसेको दाग

आगोले पोलेको वा तातो पानीले पोखिएर बसेको खत भने क्रिम लगाएर निको हुँदैन । यसको लागि सामान्यतया कार्बनडाइअक्साइड लेजर विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ । यस्तो उपचार पनि सानोतिनो दागमा मात्र काम लाग्छ । यदि पोलेको भाग ठूलो छ भने त्यसमा प्लास्टिक सर्जरी नै गर्नुपर्ने हुन सक्छ । प्लास्टिक सर्जरीमा जलेको भागको दागमा अन्य ठाउँको छालाको भाग ल्याएर टाँसिन्छ ।

अनुहारमा बसेको दाग हटाउने कसरी ?

डन्डीफोर लगायतले पनि अनुहारमा दाग बस्ने हुन्छ । खासगरी किशोरावस्थामा यस्तो समस्या धेरै देखिन्छ । भर्खर बसेको दाग हो र बाहिरी छालामा मात्र छ भने सहजै मेटाउन सकिन्छ । डन्डीफोर वा अन्य कालो दाग बसेको भागलाई क्रिमले नै मेटाउन सकिन्छ ।

यदि पुरानो दाग छ भने पहिलो चरणमा तीनदेखि ६ महिनासम्म क्रिम लगाउन दिइन्छ । त्यसपछि पनि दाग हटेन भने इन्जेक्सन वा लेजर विधि प्रयोग गर्नुपर्ने हुन्छ । यसबाट पनि शतप्रतिशत हट्छ भन्ने हुँदैन । कुनै कुनै गहिरो घाउको दाग ७० देखि ९० प्रतिशत मात्र मेटिन्छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6030 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
4 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
21 hours पहिले
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप,…
21 hours पहिले
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो…
21 hours पहिले
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

4 hours पहिले 45 views

मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी पल्टिए

21 hours पहिले 46 views

मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

21 hours पहिले 69 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya