Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
साउन २८, २०८०
41 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ
0 मिनेट पढ्ने
अपडेट: साउन २८, २०८०
Advertisement

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, काठमाडौं, पाँचथर, बाँके, कास्की, कैलाली र मकवानपुर गरी सात छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध गाँजा १ सय ३३ केजी ९ सय ८८ ग्रामसहित २ जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजदेवी नगरपालिका–७ बस्ने २२ वर्षीय बिकास प्रसाद यादव र रौतहट गौर नगरपालिका–५ बस्ने २४ वर्षीय अभय कुमार गुप्ता रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको बिआर ०६ पिए ६१८४ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीको छतमा सेफ बटम बनाई लुकाई छिपाई ल्याएको १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक यादव र गाडीमा सवार गुप्तालाई पक्राउ गरेको हो ।

यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ सय ४५ एम्पुल, फेनारगन ९ सय ४० एम्पुल र नुर्फिन ९ सय ३० एम्पुलसहित रौतहट फतुवा विजयपुर नगरपालिका–१ घुसुपुर घर भएका २१ वर्षीय लखिन्द्र मुखियालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज २०८८ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, पाँचथरको फिदिम नगरपालिका–२ भ्यू टावस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका–१४ बस्ने २२ वर्षीय रूपन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले मे।३ प २०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्राम बस्ने २४ वर्षीय सुदिप थापालाई शुक्रबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वी चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित सोही महानगरपालिका–१४ खाल्टेमसिना बस्ने २७ वर्षीय अर्जुन परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–२ तेघरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका महराटोल बस्ने २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्व भट्ट रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली कै गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय बसन्त खत्री र बैतडी सिगास गाउँपालिका–२ घर भएका १८ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–२ अत्तरिया पहाड रोडस्थित होटलमा काम गर्ने ती किशोरलाई १ सय ६० मिलिग्राम उक्त लागूऔषधसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा बसन्तलाई उनकै घरबाट ९ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित राक्सिराङ गाउँपालिका घर बताउने २२ वर्षीया नानु घलानलाई शनिबार दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नाराणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना।८ ख ७३४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6108 लेख
व्यू
आजको मिति
04
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

प्रधानमन्त्री कार्यालयमा भिडियो खिच्न रोक लगाइएकामा पत्रकार महासङ्घको…
3 minutes पहिले
छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण…
1 hour पहिले
हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध,…
1 hour पहिले
अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
2 hours पहिले
काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित…
11 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

प्रधानमन्त्री कार्यालयमा भिडियो खिच्न रोक लगाइएकामा पत्रकार महासङ्घको आपत्ति

3 minutes पहिले 0 views

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

1 hour पहिले 33 views

हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

1 hour पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya