Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
भदौ ६, २०८०
47 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत
0 मिनेट पढ्ने
अपडेट: भदौ ६, २०८०
Advertisement

धादिङ । धादिङ गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्बी लोकमार्गमा बुधवार बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ ।

काठमाडौंबाट बेनी जान लागेको म्याग्दी कोरला यातायात प्रालि नामको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदिमा खसेर दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ ।

सनाखत हुनेहरुमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने वर्ष ५० को थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ बस्ने वर्ष १५ कि कृतिका शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेल र कास्की फूलबारी –११ बस्ने २५ वर्षीय सुमन थापा रहेका छन् ।

बाँकी ४ जनाको पनि सनाखत गर्ने कार्य भइरहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले दिए ।उनका अनसार, बसमा २५ जना सवार थिए । तीमध्ये ८ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने १७ जना घाइते भएका छन् ।
घाइतेमध्ये प्रारम्भिक उपचारपछि पर्वत मोदीका ४१ वर्षीय गुरुदत्त शर्मा पौडेललाई काठमाडौं रेफर गरिएको छ । मध्यम स्वास्थ्य अवस्था रहेको उनको टाउको र निधारमा चोट लागेको छ ।

त्यसैगरी, प्राथमिक उपचार केन्द्र गजुरीमा उपचार गरेपछि बस चालक म्याग्दी बेनी नगरपालिकाका दिपक थापा, म्याग्दी बेनीकै पूर्ण छन्त्याल, कुशल अधिकारीलाई पनि काठमाडौं रेफर गरिएको छ ।

नाम नखुलेको अन्दाजी ४० वर्षकी महिलाको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको गिरीले जानकारी दिए । अवस्था गम्भीर रहेका अन्य दुई जना पुरुषलाई पनि काठमाडौं रेफर गरिएको छ ।

मन्त्रालयका अनुसार गजुरी अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दी मंगला गाउँपालिका–२ कि गीता जंजाली मगर, बागलुङकी सुष्मा क्षेत्री, पर्वत फलेवासकी हरिकला गौडेल, म्याग्दी अन्नपूर्णकी अन्जु रानामगर, म्याग्दी गरुङ्गंगाका प्रविन पुन, बङ्गलादेशी नागरिक मोहमद हजिरहुल, म्याग्दी रघुगंगाकी रिना रानामगर, बागलुङ गलकोटका ज्ञानु बुढामगरलाई काठमाडौं रेफर गरिएको छ ।

उद्धार टोलीले बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका– ६ बस्ने रोशन तामाङलाई सकुशल उद्धार गरी नियन्त्रणमा लिएको र घटनाको बारेमा आवश्यक अनुसनधान गरिरहेको जनाइएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6131 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1095 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह
8 hours पहिले
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने…
10 hours पहिले
हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद्…
18 hours पहिले
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा…
19 hours पहिले
विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय…
19 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

8 hours पहिले 31 views

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

10 hours पहिले 34 views

हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

18 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya