Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मुख्यमन्त्री जम्कट्टेलद्वारा माइती नेपालको एकीकृत कृषि फार्मको शिलान्यास

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
भदौ २६, २०८०
144 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मुख्यमन्त्री जम्कट्टेलद्वारा माइती नेपालको एकीकृत कृषि फार्मको शिलान्यास
0 मिनेट पढ्ने
अपडेट: भदौ २६, २०८०
Advertisement

हेटौंडा । माइती नेपालले निर्माण र संचालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरको गढीगाउँपालिका ५ सानोसुकौरामा शिलान्यास गरिएको छ । माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा निर्माण गर्न लागेको कृषि फार्म तथा तालिम भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गर्नुभयो ।

शिलान्यास गरेपछि मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि परियोजना धेरै महत्वपूर्ण रहेको भन्दै मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबद्र्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग पुर्‍याउँने भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताउँनुभयो । बामगती प्रदेश सरकारले विगतमा भन्दा फरक ढंगले काम गरिरहेको उल्लेख गर्दै उहाँले सरकारको लगानीबाट लक्षित वर्ग र समुदायमा उपलब्धी पुग्ने गरी प्रदेश सरकारले काम गरिरहेको पनि बताउँनुभयो ।

बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले कृषि तथा पशुपालन सम्बन्धी तालिमसँगै महिलाहरुलाई आयआर्जनमा जोड्ने योजना धेरै राम्रो रहेको भन्दै आवश्यक सक्दो सहयोग गर्ने बताउँनुभयो । नेपाली काँग्रेस बागमती प्रदेश सभापती एवं प्रदेश सांसद ईन्द्रबहादुर बाँनियाले जिवनसँग संघर्ष गरिरहेका दिदीबहिनीहरुलाई सीपसँग जोडेर काम गर्ने राम्रो उदेश्यले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई जग्गा माग गर्नु भएकाले जग्गा उपलब्ध गराई दिएको बताउँनुभयो ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलाहरुलाई आर्थिक रूपमा सशक्तिकरण गर्ने बताउँनुभयो । ‘पहिले तालिम पछि मेसिन ९सिलाई० दिएर पठाउँथे, अब उहाँहरुलाई गाई, भैंसी, बाख्रा दिएर पठाउँछौं,’ उहाँले भन्नुभयो, ‘तालिम लिएपछि दिदीबहिनीहरुले दुध कहाँ लाने भनेर चिन्तै लिनु पर्दैन, हाम्ले नै किन्छौ र दुध किनेर बटर, चिज ईत्यादी बनाउँछौं ।’
१८–१९ बर्ष पहिलेदेखी महिलालाई बैदेशिक रोजगारको विरोध गरिरहेको भन्दै उहाँले अहिले बैदेशिक रोजगार टाउँको दुःखाई भईरहेको जिकिर गर्नुभयो । कृषि फार्म तथा तालिम केन्द्र संचालनबाट चेलिबेटी बेचबिखन र बैदेशिक रोजगारीको रोकथाम हुने दाबी गर्दै बागमती प्रदेशकी पूर्व प्रदेश प्रमुख समेत रहनु भएकी कोईरालाले बैदेशिक रोजगारीमा ऐस, आराम नहुने भन्दै बैदेशिक रोजगारको नाममा चरम ठगी, शोषण र अत्याचार भईरहेकाले सचेत रहन युवकयुवतीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा माइती नेपालकी कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचविखन एउटा जटिल सामाजिक समस्याको रुपमा आएको र आर्थिक समस्या, गरिबी र महिला माथिको विभेद प्रमुख कारण देखिएकाले माइती नेपालले महिलाहरुलाई प्रविधीसहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र संचालन गरिने बताउँनुभयो ।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बामगती प्रदेशकी सांसद कन्चनचन्द्र बाडे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री चन्द्र पहाडी, मकवानपुर सभापती बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एवं प्रदेश सांसद एकालाल श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुर्य प्रसाद सेढाईं, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, बागती प्रदेश प्रहरी कार्यालय र द कोकाकोला फाउण्डेशनका प्रतिनिधी लगायतको आतिथ्यता थियो ।

६५ रोपनी जग्गामा १ करोड ९२ लाख लागतमा आवासीय सुबिधा सहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको हो । सुकौरा एग्रो प्रालिले माईती नेपाललाई उक्त जग्गा १० बर्षका लागि निःशुल्क लिजमा उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाई पालन गरिने बताईएको छ ।
मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखीम उन्मुखहरुलाई तालिम दिई समाजमा पुर्नस्थापना गर्नका लागि एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको माइती नेपालले जनाएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6131 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1095 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह
8 hours पहिले
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने…
10 hours पहिले
हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद्…
18 hours पहिले
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा…
19 hours पहिले
विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय…
19 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

8 hours पहिले 31 views

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

10 hours पहिले 34 views

हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

18 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya