Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

भारतले १७ दिन देखी सुरूङमा फसेका मजदुर निकाल्न सकेन अझैं

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १२, २०८०
95 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
भारतले १७ दिन देखी सुरूङमा फसेका मजदुर निकाल्न सकेन अझैं
0 मिनेट पढ्ने
अपडेट: मंसिर १२, २०८०
Advertisement

उत्तर काशी । बिगत १७ दिन देखी सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन् ।

उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो । पटक पटक उद्दारका प्रयास भए पनि अझै पनि भारतले दिपावली देखी फसेका मजदुरलाइ निकाल्न नसकेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड सुरुङ भत्किएकाले उद्धार कार्यमा भएका पछिल्ला प्रयासले अहिलेसम्म आशाको किरण भने देखाउन नसकेको जनाउन थालेका छन ।

उनीहरुलाई छिट्टै सकुशल बाहिर निकालिने अधिकारीहरु निरन्तर भनिरहेका छन् तर वास्तविकता यो हो कि उद्धारको बीचमा एकपछि अर्को समस्याहरू आएकाले उद्दार कार्य १७ दिन देखी नै प्रभावहिन भइरहेका छन्र ।

पहिले ड्रिलिङका लागि ल्याइएको अमेरिकी मेसिन बिग्रिएर उद्दारमा समस्या भइरहेको बेला अहिले त्यहाँको खराब मौसमले नयाँ समस्या देखाउने संकेत गरिरहेको छ ।

खासमा के भइरहेको छ, बुझ्नुहोस्ः 

उत्तरकाशीको सिल्क्यरा सुरुङमा फसेका ४१ कामदारलाई पुर्‍याउन अमेरिकी औगर मेसिन बिग्रिएपछि म्यानुअल ड्रिलिङ भइरहेको छ । ८६ मिटर ठाडो ड्रिलिङ गर्न बाँकी रहेकोमा हालसम्म ३६ मिटर उत्खनन भइसकेको छ ।

नोभेम्बर  २४ गते सिल्क्यरा छेउबाट खनेर उद्धारको पाइप बिछ्याउने क्रममा अमेरिकाबाट ल्याइएको ड्रिलिङ मेसिनको ब्लेड कामदार बसेको स्थानभन्दा १२ मिटर अगाडि फुटेकाले उद्धारकर्ताले बीचमै रोकेर ब्लेड निकाल्नु परेको थियो

उत्तराखण्डको खराब मौसमले उद्धारका क्रममा नयाँ समस्याहरू सिर्जना गर्न सक्छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा वर्षा र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । यसले उद्धारमा समस्या निम्त्याउन सक्ने पनि उद्दारकर्ताहरूले जनाएका छन ।

प्रधानमन्त्री मोदीका विशेष सचिव पीके मिश्रा, गृह सचिव अजय के भल्ला र उत्तराखण्डका मुख्य सचिव एसएस सन्धु सुरुङमा जारी उद्धार कार्यको अवलोकन गर्न सोमबार घटनास्थल पुगेका थिए।

सडक यातायात र राजमार्ग मन्त्रालयका अतिरिक्त सचिव महमूद अहमदले ठाडो ड्रिलिंग तीव्र गतिमा भइरहेको बताए। हालसम्म ३६ मिटर ठाडो ड्रिलिङ भइसकेको छ ।

मजदुरको मनोबल खस्कँदै गएको भन्दै घटनास्थलमा ५ जना चिकित्सकको टोली खटाइएको छ र उनीहरुले सुरुङमा फसेका मजदुरसँग दुई सिफ्टमा कुराकानी गरिरहेका छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म कामदारले माइकमार्फत चिकित्सकसँग आफ्नो मानसिक अवस्थाबारे जानकारी दिने गरेका छन् ।

सुरुङमा फसेका मजदुरका परिवारका सदस्यलाई पनि कुराकानी गर्न अनुमति दिइएको छ । उनीहरूले जब चाहाने छन, तब कुरा गर्न सक्ने छन । यसका लागि प्रशासनले उनीहरुलाई सुरुङ नजिकै बस्न शिविर बनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका सदस्य लेफ्टिनेन्ट जनरल (निवृत्त) सैयद अता हसनैनले सुरुङमा फसेका कामदारको मानसिक स्वास्थ्यको ख्याल राखेर परिवारसँग कुरा गर्न दिईएको  बताए ।

सुरुङमा फसेका ४१ जना मजदुर छिट्टै बाहिर निस्कियोस् भन्ने कामनामा स्थानीयवासी सुरुङ नजिकै हवन गरिरहेका छन् । केन्द्रीय मन्त्री जनरल वीके सिंह पनि हवनमा सहभागी हुन सोमबार सिल्कारा सुरुङ नजिक पुगेका थिए ।

सुरुङ नजिकै पानी चुहिएको नोडल अधिकारी निरज खैरवालले बताए । यद्यपि, पानी ठूलो खतरा होइन, ठाडो ड्रिलिंगको क्रममा आएको पानी हटाइएको छ। तल कुनै जलचरहरू छैनन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 886 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 757 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
10 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
10 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
10 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
12 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
12 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

10 hours पहिले 83 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

10 hours पहिले 39 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

10 hours पहिले 68 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya