Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख ८, २०८३
39 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा
1 मिनेट पढ्ने
अपडेट: बैशाख ८, २०८३
Advertisement

काठमाडौं,बैशाख ८ गते । नेपालको सूचना प्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारी टेक पाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर पदमा नियुक्त भएका छन्। डिजे समूह अन्तर्गत सञ्चालित उक्त संस्थाले अधिकारीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै संस्थागत विकास र डिजिटल रूपान्तरणलाई थप तीव्र बनाउने अपेक्षा गरेको जनाएको छ।

करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय अधिकारी हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा समेत कार्यरत छन्। उनले यसअघि नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा र प्रविधि विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

टेक पाइला इनोभेसनमा उनको नेतृत्वमा कृत्रिम बुद्धिमत्ता (AI) र साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ सोच, नयाँ गति र नयाँ सम्भावनाको ढोका खोलिने विश्वास गरिएको छ। अधिकारीले नेपाललाई भारत र चीनजस्ता छिमेकी मुलुकहरूसँग डिजिटल सहकार्यमार्फत “डिजिटल पुल” का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि अघि सारेका छन्।

उनका अनुसार अबको आवश्यकता प्रमाणपत्रमा सीमित शिक्षा नभई सीपमा आधारित दक्ष जनशक्ति उत्पादन गर्नु हो। “सीप पहिलो” अवधारणा मार्फत नेपाली युवालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने उनको योजना रहेको छ।

टेक पाइला इनोभेसनका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले अधिकारीको आगमनले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले प्रविधि क्षेत्रमा अनुभवी नेतृत्व भित्र्याउनु संस्थाका लागि गौरवको विषय भएको बताए।

त्यसैगरी डिजे समूहका अध्यक्ष विज्ञान श्रेष्ठले पनि सूचना प्रविधि क्षेत्रका अनुभवी व्यक्तित्वलाई संस्थामा जोड्न पाउनु सकारात्मक संकेत भएको उल्लेख गर्दै यसले संस्थाको गति र पहिचान दुवैलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6045 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
7 minutes पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
1 hour पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
2 hours पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

7 minutes पहिले 29 views

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

1 hour पहिले 35 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 28 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya