Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अनुहार रंगाउदै कमर्शीयल आर्टिष्ट संघका चित्रकार

मोहम्मद हबिब
रिपोर्टर: मोहम्मद हबिब
मंसिर १७, २०८०
127 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अनुहार रंगाउदै कमर्शीयल आर्टिष्ट संघका चित्रकार
0 मिनेट पढ्ने
अपडेट: मंसिर १७, २०८०
Advertisement

भैरहवा । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो ।

कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए । भिड देखेर चित्रकारहरुको ब्रस चलाउने रफ्तार पनि तिव्र थियो । एकै साथ ५–६ जना कलाकारलाई भ्याइ नभ्याई थियो । कोही हेर्नलाई बसेका थिए भने कोही पालो कुरेर । यो दृश्य भैरहवा महोत्सवमा फेस पेन्ट गर्ने जमातको थियो ।

हातमा ब्रस र रङ लिएर मेला अवलोकनको अनुहारमा नेपालको झण्डा लगायत विभिन्न आकृतिहरु बनाउने काम चित्रकारहरुले गरिरहेका थिए । ग्राहकको इच्छा अनुसार भनेकै आकृति उनीहरुले दर्शकको अनुहारमा उतार्ने काम गरिरहेका थिए ।

यी सबै दृश्य नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीको स्टलमा हो । मेलामा सबैको अगाडि अनुहारमा चित्रकला देखाउने अवसर पाएको संघका अध्यक्ष उज्जवल कुमार दे कास्तले भने । यो हाम्रो लागि ठूूलो अवसर हो यस्तो ठाँउ हामीले पाएका छौ जहाँ आफ्नो कला देखाइरहेका छौ ।

पहिलो दिन केही बच्चाहरुको अनुुहारमा राष्ट्रियता झल्किने नेपालको राष्ट्र झण्डो फेस पेन्ट गरेका थियोँ त्यसैबाटै राम्रा सन्देश गएर अहिले भिडभाड हुने गरेको उनले भने । आफूहरु मेला, महोत्सवमा यसरी समूहमा कलाकार जुटेर फेसपेन्ट गरेको पहिलो अनुभव रहेको कोषाध्यक्ष बिसन गुरुङले भने ।

मुहारमा पेन्ट गर्ने सौख बढ्दै गएको छ । आफूलाई अरूभन्दा पृथक् देखाउन पनि रहरको लागि फेस पेन्ट गर्ने गर्दछन  । महोत्सवमा अनुहारमा यो कलालाई अवलम्बन गर्ने लाइनमा नै बस्ने गर्छन । फेस पेन्ट पछिल्लो क्रममा फेसन स्टाइलकै रूपमा लोकप्रिय बनिरहेको कोषाध्यक्ष तथा चित्रकार गुरुङले भने ।

बच्चा युवा मात्रै होइन, व्यस्कहरु पनि यो स्टाइलमा झुमिएका छन् । गालामा विभिन्न आकृति बनाउदा  फेसनेबल त देखाउँछ, अरु भन्दा पृथक् पनि देखाउँछ फेस पेन्ट गराइरहेकी प्रिती क्षेत्रीले भनिन । आफूलाई लागेको सौख पूरा गरेको उनले भनिन ।
फेसनमा केही अगाडि बढ्दै गएको महोलमा भैरहवामा पनि फेस पेन्टको क्रेज बढ्न लागेको छ । ठूला ठूला कार्यक्रम वा मेला महोत्सव, म्युजिकल कन्सर्टदेखि खेल प्रतियोगितामा मुहारमा विभिन्न आकृति सहितको फेस पेन्ट गर्न धेरैले रुचाउँछन । मुहार रंग्याउनेले सानो÷ठूलो आकृति बनाएर केही शुल्क भने लिने गरेको संघले जानकारी दिएको छ ।

अहिले मेलामा पनि फेस पेन्ट बनाउन आउने युवाको डिमान्डले कलाकारलाई पनि भ्याइनभ्याई छ । आफूलाई मन परेका विभिन्न आकृति, नेपालको झण्डा, पुतली, फुल, एङ्ग्री बर्ड, हेल्लो किट्टी, फुटवल, आगोको भिल्का, नाम लगायत विभिन्न आकृतिमा फेस पेन्ट गराएको छन्, बच्चादेखि तन्नेरीको रोजाइ नै भिन्नभिन्न आकृतिको फेस पेन्ट भएको छ ।

नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले महोत्सवमा सहयोगार्थ स्टल राखेको छ । आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध भएका छन । कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको पेशागत हकहितको रक्षाका लागि हामी एकजुट भएका छौ । फरक फरक व्यापारिक प्रतिष्ठानका संचालकहरु पालै पालो आफ्नो कलालाई मेला अवलोकन कर्ता सामु पु¥याउनका लागि मेला एक थलो बनेको छ ।

कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको कलाकारहरु बताउछन । पहिलो पटक मेलामा संघले स्टल राखेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको डिजाइनर आकाश चौधरीले भने ।

उनीहरुले कला शीप र क्षमताको मूल्याङ्कन नहुने, जो वास्तविक कलाकार वा श्रमिक छ उसको श्रम शोषण हुने, ठूला पूँजी र गैरआर्टिस्ट वर्गको अधीनभित्र रहेर काम गर्नुपर्दा वास्तविक कलाकार श्रमिकहरूको श्रम शोषण हुने तथा राज्यबाट समेत कलाजिवीहरूको दायरालाई संकुचित पार्ने काम भएको बताए ।

संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

मोहम्मद हबिब

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
60 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

60 minutes पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 27 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya