Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १७, २०८०
112 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’
0 मिनेट पढ्ने
अपडेट: मंसिर १७, २०८०
Advertisement

काठमाडौं । फिल्ममा निर्देशक के हो ? मिडिया कुराकानीका लागि तयार भएका निर्देशक घनश्याम लामिछाने केही समय सोचमग्न भए । यसपछि भने–‘कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचक हो ।’

उत्तर जति छोटो छ, त्यसलाई पर्दामा रुपान्तरण गर्ने यात्रा उती नै कठिन पनि । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ । उनी अर्काेनिर्देशकमा के खोज्छन् होला ?

त्यसको उत्तर पनि लामो दिएनन् उनले । भने–‘प्रस्तुतिलाई हेर्छु, कति गहिराइमा पुगेर विषयबस्तुको प्रस्तुति दिएको छ भनेर याद गर्छु ।’

पुस २७ गतेबाट उनी निर्देशित फिल्म चित्रा’ रिलिज हुँदैछ । लामिछाने यही फिल्मको पोष्ट प्रोडक्शनमा व्यस्त छन् ।

पुराना निर्देशकहरुमा शिव रेग्मीका फ्यान हुन् लामिछाने । नयाँमा भने उनी परिच्छेद सेनको कामबाट प्रभावित छन् ।

निर्देशकमा आफ्नो स्टाइल हुनुपर्छ भन्ने उनको खरो मान्यता छ ।  उनलाई लाग्छ निर्देशकले दिने स्टाइल कथाले निर्धारण गर्छ । त्यही भएर उनी निर्देशन गर्दा पहिला कथा हेर्छन् र त्यसले माग गर्ने स्टाइलमा फिल्म बनाउन अघि सर्छन् ।

‘चित्रा’को कथाले पनि उनलाई फरक स्टाइलमा कथा भन्न प्रेरित गर्‍यो ।

त्यसैले उनले यथार्थको नजिक रहेर अघिल्ला फिल्महरु बनाएको भएपनि यसपटक यथार्थतासँगै क्यानभास निर्माणमा पनि ध्यान दिएका छन् । त्यो पनि ठूलो क्यानभास । ठूलो क्यानभासमा उनको स्टाइल मिलेपछि ‘चित्रा’को जन्म भएको हो ।

चित्राले देखाउने कथा के हो त ? अर्को प्रश्नमा उनी भन्छन्–‘हामीले धेरै कथाहरु अरुको हेरेर बनायौं । अरुले भनिसकेका कथाहरु भन्यौं । कथा भएनन् भनेर खोज्दै पनि हिँड्यौं तर हामीले घर समाजमै रहेका कथाहरुलाई भन्ने कोशिश कहिले गरेनौं । प्रस्तुतिमा त प्रभावित थियौं हामी । तर, कथा छनोट गर्दा पनि प्रभावित भएका छौं । हामी त्यसबाट पर रहँदै ‘चित्रा’मा बाबु र छोरीको आफ्नो कथा भनेका छौं ।’

थप व्याख्या गर्दै उनी थप्छन्–‘हाम्रा धेरै फिल्म सामान्य प्लटहरुमा मात्र आधारित रहे । जस्तो अपहरण देखाउनु छ भने कि प्रेमिकालाई देखायौं कि श्रीमतीलाई । जे गरेको हुन्छ सँधै केटा पात्र मात्रले यस्ता कामहरु गरेको देखायौं । त्यस्तै हामी माया प्रेमका प्रसंगहरुबाट पर जान नै सकेनौं । यसमा पनि प्रेम त छ तर परिवारभित्रको बाबुछोरीको प्रेमको कहानी छ, स्नेहको कहानी छ, वात्सल्यको । यसको कथा सबैको जीवनमा घटेन होला तर सबैले आफूलाई यसमा जोड्न सक्छन् भन्ने मलाई लाग्छ ।’

लामिछानेले यो फिल्म आफ्ना अघिल्ला फिल्म भन्दा फरक रहेको दाबी गरे ।

अघिल्ला फिल्महरुमा यथार्थताको नजिक रहेर काम गर्दा कथा केही सुस्त गतीको र सरल भएपनि यसपटक यथार्थलाई नबिर्सी श्रृंगारपटार गरेर बनाएको उनको भनाई छ ।

दर्शकले मनोरञ्जन खोज्ने भएकाले पनि यसपटक आफूले त्यसलाई बढी ध्यान दिएको उनको तर्क छ । फिल्ममा बाबु र छोरीबिचको भावनाको कथा बेजोड रहेको लामिछाने बताउँछन् ।

मूलधारको फिल्ममा आएदेखि नै उनले कलाकार भने नाम चलेका नै छान्दै आएका थिए । जुन यसमा पनि जारी छ । तर, फिल्मको मुख्य भूमिकामा भने नयाँ कलाकार सन्तोष अधिकारी छन् । तर, निर्देशक लामिछाने आफ्ना सबै कलाकारको कामबाट खुशी छन् ।

तर सबैभन्दा खुशी भने उनलाई यो फिल्मकी बाल कलाकार आयुशी ढकालले दिइन् । आयुशीको कामबाट धेरै प्रभावित बनेको उनले खुलाए ।

‘फिल्ममा अरु थुप्रै कलाकारहरु त हुनुहुन्छ नै तर ६–७ वर्षको नानीबाट यस किसिमको अभिनय आएको छ कि जुन व्यवसायिक कलाकारबाट पनि पाउन मुश्किल पर्छ ।’ उनले भने ।
डेब्यू अभिनेताका रुपमा सन्तोष अधिकारीको कामले पनि उनी प्रभावित बनेका छन ्। फिल्ममा काम गरेका प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे आदिका बारेमा अभिनय कस्तो गर्नुभयो भनेर थप व्याख्या दिन उनी आवश्यक ठान्दैनन् ।

उनका पछिल्ला फिल्महरु ‘धौली’ तथा ’पञ्जेबाजा’ले राम्रो समीक्षा पाए । यसपछि भने निर्देशक लामिछानेको नाम राम्रो फिल्म बनाउने निर्देशकको कोटीमा परिसकेको छ । पौष २७ गतेबाट रिलिज हुन लागेको फिल्मबाट लामिछाने आफै पनि आशावादी छन् । यी पूर्व शिक्षकले फिल्मलाई जुन लयमा बगाएका छन्, त्यसले काम गर्यो भने नेपाली फिल्म क्षेत्रले धेरै कुराहरु पाउने पक्का छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6044 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
60 minutes पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
1 hour पहिले
सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको…
2 hours पहिले
हेटौडा–१५, १६ र १७ मा ४०० केभी ढल्केवर–दुहबी…
2 hours पहिले
महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली संशोधनको तयारी

60 minutes पहिले 34 views

टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त, डिजिटल भविष्यमा नयाँ ऊर्जा थपिने अपेक्षा

1 hour पहिले 38 views

सरकारी विज्ञापनमा विभेदको विरोध गर्दै नेपाल पत्रकार महासङ्घको देशव्यापी दबाब कार्यक्रम घोषणा

2 hours पहिले 27 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya