Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सांसद यादवकाे ससुरा मिटरब्याँजी, कारबाही नहुदाँ न्यायको पर्खाइमा रहेका सिरहाका मिटरव्याजी पिडित

मुकेश कुमार यादव
रिपोर्टर: मुकेश कुमार यादव
मंसिर १८, २०८०
59 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सांसद यादवकाे ससुरा मिटरब्याँजी, कारबाही नहुदाँ न्यायको पर्खाइमा रहेका सिरहाका मिटरव्याजी पिडित
0 मिनेट पढ्ने
अपडेट: मंसिर १८, २०८०
Advertisement

सिरहा । सिरहामा मिटरब्याज सम्वन्धी ऐन–कानुन् कार्यान्वनको माग गर्दै मिटर व्याज पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्यय भएका छन्।

मिटरव्याज पीडितहरुको लामो आन्दोलन पछि सरकारले कानुन् बनाएपनि कार्यान्वयमा  ढिलासुस्ती र पीडककै हालिमुहाली हुन थालेपछि पीडितहरु पुनः आन्दोलनमा उत्रीन बाध्यय भएका हुन्।

पीडितको दवावपछि सरकार कानुन् बनाउन बाध्य भएपनि कार्यान्वयन गर्ने पदाधीकागरीहरु पीडकबाट प्रभावित भएर कानुन कार्यन्वनमा बेवास्ता गरेकाले आफूहरु फेरी सडकमा उत्रनु परेको बताए। आन्दोलनरत्त मिटरव्याजीहरुले सिरहा सदरमुकाममा प्लेकार्डमा ‘मिटरव्याजीको समर्थनमा लागेका सरकारी अधिकारी मुर्दावाद, ‘सिडियो कार्यालयमा गरिने ढिलासुस्ती अन्त्य गर, सुदखोरीलाई कारवाही गर, सुदखोरी विरुद्ध जाहिरी दर्ता गर, भ्रष्ट प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरेर सदरमुकाम परिक्रमा गरेका थिए।

न्यायको पर्खाइमा मिटरव्याज पिडित 

सरकारले अनुचित लेनदेन (मिटरव्याज)को कारोवार गर्ने विरुद्ध ऐन पारीत गरेपछि सिरहामा करिव ३७ सय उजुरी दर्ता भएका थिए । मिटरव्याजी पीडितहरुले सुदखोर विरुद्ध उजुरी दर्ता गराएपनि जिल्ला प्रशासनका तोकिएका कर्मचारी र मिटरव्याजी विचको साठगाँठमा करिव ३ सय समान्य लेनिदेनिका मुदाहरु मात्र मिलापत्र भएको पीडितहरु बताउँछन्।

जिल्ला प्रशासन कार्यालयले नामुद मिटरव्याज साहुहरुसँगको मिलेमत्तोमा उनीहरुकै बचाउमा हुनेगरी निर्णय गरेको मिटरव्याज पीडितहरुले आरोप लगाएका छन्; धेरै मुद्दाहरु पेन्डिङ्ग बनाएर राखेको पीडितहरुको आरोप छ।

‘कर्मचारी र सुदखोरको सेटिङ्गले कतिपय मुद्दा पेन्डिङ नै छ, सुनवाही नै अगाडि बढाई रहेका छैनन्; गोलबजार नगरपालिका ८ का मिटरव्याज पीडित विरेन्द्र कुमार यादवले भने, ‘मैले न्यायको लाग जिल्ला प्रशासन कार्यालयमा पहिलो लटमै उजुरी हालेपनि अहिलेसम्म छलफल हुन सकेको छैन। म धेरै पटक जिल्ला धाईसके कुनै सुनवाईनै भइरहेको छैन।’

यादवले गत २०६९ साल ५ महिना २० गते आर्नामा गाउँ पालिका १ बुढियाचापका नामुद मिटरव्याजी राम सेवक यादबसँग सैकडा ३ रुपैयाँ (वर्षिक ३६ प्रतिशत) दरले व्याँज तिर्ने सहमतिमा करिव दुइ करोड वरावरको जग्गा पासगरी ५ लाख रुपैयाँ लिएका थिए। उनले करिव १ वर्षको अवधिमा पटक पटक गरी १४ लाख ७५ हजार रुपैयाँ ऋण लिएकोे राम सेवकले नै व्याज सहित हिसाव गरी दिएको हस्तलिखित लेखतमा उल्लेख गरेका छन्।

त्यसपछि मिटरव्यज पीडित विरेन्द्रले पछिल्लो ३ वर्षको अवधिमा  राम सेवक यादब (मास्टर)संग पटक–पटक गरी ८१ लाख रुपैयाँ लिएको बताए। यसरी लिएको ऋणको व्याजसहित आफूले ३ करोड नगद बुझाएपनि धितो राखेको जमिन फिर्ता गरेको छैन।

उनले भने, ‘ऋण लिएको चार वर्षमा करिव ३ करौड रुपैयाँ बुझाई सके, यो मैले सर्त गरेर लिएको ३६ प्रतिशत व्याजले पनि बढी रकम हो। पछि मैले हिसाव गरौं भन्दा भागेर हिड्ने र धितोको लागि राखिएको ८ करौड भन्दा बढीको करिव २ विघा जग्गा समेत फर्काएनन्। बरु उनले धितोको जमिन पनि बेचे र त्यतिले पनि पुगेन भन्दै अन्त्यमा १८ लाखको कपालि पनि गरायो।’

अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा राम सेवक यादबको नाममा विरेन्द्रसहित १४ वटा भन्दा बढी उजुरी परेको छ। जिल्लाकै नामुद मिटरव्याजीको रुपमा जिल्लामा परिचित यादवको विरुद्ध धेरै उजुरी परेपनि उनी राजनीतिक प्रभावका कारण खुल्लमखुल्ला हिडिरहेका छन्। बरु रामसेवकले उल्टै पीडितहरुलाई धम्याउने गरेको पीडितहरु बताउँछन्। रामसेवक पूर्व मन्त्री तथा वर्तमान सिरहा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य राजकिशोर यादवका ससुरा हुन्।

अर्का पीडित अर्नामा गाँउपालिका १ महनौरकै मायादेव चौधरीले उनै नामुद मिटर व्याजी राम सेवक यादबको चपेटामा परेका छन्। उनले २०५७ सालमा राम सेवकसंग घरखर्चका लागी २५ हजार रुपैयाँ पाचँ रुपैया सैकडा (वार्षिक ६० प्रतिशत) व्याजदिनेगरी लिएका थिए।

चौधरीले ऋण लिएको एक दिन अगावै रामसेवककी श्रीमती दौलत देवी यादबको नाममा हालको चलनचल्ती मुल्य करिव २० लाख प्रतिकठ्ठा पर्ने ८ कठ्ठा जग्गा धितोबापत पास गरेको बताउँछन्।

चौधरीले थप ११ वर्षको अन्तरालमा पटक पटक गरी ७ लाख ८१ हजार रुपैयाँ ऋण लिएको बताए। उनले भने, ‘मैले ऋण लिएको तिन वर्षपछि व्याज सहित तिन लाख २५ हजार नगदी दिएँ, वाँकी रहेको साँवा र व्याज सहित लिएर म उनको घरमा पुग्दा पैसा लिन मानेनन्।’

‘पछि बुझ्दै जाँदा रामसेवकले धितो राखेको जग्गा अरुलाई नै वेचिदिएको कुरा सुने, मालपोतमा जादाँ श्याम सुन्दर कामतीको नाममा पास गरेको रहेछ; उनले थपे, ‘म सोझो मान्छे, मलाई थाहै थिएन। उसले मालपोतमा जानुपर्छ भनेर लिएर गयो। मैले उसले भनेका ठाउँमा ल्याप्चे लगाइदिएँ। आवश्यकपर्दाका बखत मैले उनीसंग नै लेनदेन गर्थे, पटक पटक गरी करिव १ विघा १४ कठ्ठा जग्गा पास गरेछ। अहिले उनले त मलाई उठिवास नै गराइदियो।’

मिटरव्याज पीडित यादवले ऋणीको जग्गा जमिनमात्र हड्पेनन्। अहिले जिल्ला प्रशासनलाई नै प्रभावमा पारेर फर्जि मिलापत्रको निवेदन दिने र मिलापत्र भएको भन्ने हल्ला चाएका छन्। गोलबजार ८ का विरेन्द्र यादवको नामको उजुरीमा एक दिन पनि छलफल नगरी मिलापत्रका फर्जि निवेदन हालेर मिलापत्र गरेको भन्दै प्रशासन नै भनिरहेका छन्। त्यहि आधारमा प्रशासन पनि उनको बचाउँमा लागेका छन्। यस्तो खालको गतिविधिले प्रशासन पनि संकाको घेरामा परेको छ।

यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ नरेश कुमार यादवसङ्ग जिज्ञासा् राख्दा ` मिटरब्याजी रामसेवक यादव र पिडित बिरेन्द्र यादवको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ। उनले ` छिटै कुनै निकास निसकिन्छ हामी अनुसन्धानकै क्रममा छौ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

मुकेश कुमार यादव

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6057 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 888 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 832 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
33 minutes पहिले
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार…
60 minutes पहिले
धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी
2 hours पहिले
पर्शा राष्ट्रिय निकुञ्जलाई पर्यटन गन्तव्य बनाउने पहल, चार…
8 hours पहिले
हर्क साम्पाङको फेसबुक आइडी पुनः सञ्चालनमा, ‘विरोधीहरूलाई धन्यवाद’
9 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार अन्त्यसम्म खुल्ने

33 minutes पहिले 17 views

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्‍यो

60 minutes पहिले 20 views

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ, सीआईबीद्वारा अनुसन्धान जारी

2 hours पहिले 22 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya