Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

धेरैजसाे सर्लाहीका पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १३, २०७९
47 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
धेरैजसाे सर्लाहीका पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा
0 मिनेट पढ्ने
अपडेट: चैत्र १३, २०७९
Advertisement

दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्लाहीका धेरैजसाे पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । उपसचिवको दरबन्दी भएका नगरपालिकामा शाखा अधिकृत र प्रविधितर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

उपसचिवको दरबन्दी रहेको गोडैता नगरपालिका, बलरा नगरपालिका, कविलासी नगरपालिका, हरिपुर नगरपालिका, बाग्मती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काममा खटाएको छ । कविलासी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत राककुमार महतोको सरुवा भएपछि रिक्त दरबन्दीमा शाखा अधिकृत उदउप्रसाद देवकोटालाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर गएकाे भदौमा पठाएको थियो । नगरपालिकाभित्र आन्तरिक विवाद भएपछि देवकोटा अन्यत्रै सरुवा हुनुभएको छ ।

त्यसैगरी बलरा नगरपालिकामा पनि शाखा अधिकृत उमेश महतोले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै हरिपुर नगरपालिकामा मन्त्रालयले शाखा अधिकृत दिवाकर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । त्यसैगरी उपसचिव दरबन्दी रहेको बाग्मती नगरपालिकामा उपसचिव नआएपछि शाखा अधिकृत विमल पोखरेलले नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएको छ । उपसचिव दरबन्दी रहेको गोडैता नगरपालिकामा प्रविधि इन्जिनियर रमेशप्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । त्यस्तै मन्त्रालयले बरहथवा नगरपालिमा शिक्षाका उपसचिव मदनकुमार थापालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ ।

उपसचिवको दरबन्दी रहेका ११ नगरपालिकामध्ये लालबन्दी नगरपालिकामा उपसचिव तारानाथ लुइँटेल, ईश्वरपुर नगरपालिकामा उपसचिव हिराकाजी श्रेष्ठ, हरिवन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधान, मलङ्गवा नगरपालिकामा उपसचिव गेहनाथ गौतम र हरिपुर्वा नगरपालिकामा उपसचिव बसन्त न्यौपानेमात्र दरबन्दीअनुसार नै प्रमुख प्रशासकीय अधिकृतक हुनुहुन्छ । शाखा अधिकृतको दरबन्दी भएका गाउँपालिकामध्ये चन्द्रनगर गाउँपालिका, चक्रघट्टा गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकमा मात्र शाखा अधिकृतले जिम्मेवारी पाउनुभएको छ ।

चन्द्रनगरमा शाखा अधिकृत मदन थिङ, ब्रह्मपुरीमा शैलेश राय र चक्रघट्टामा संजिपकुमार यादव प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारमा हुनुहुन्छ । अन्य बाँकी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे भरमा चलेका गाउँपालिकामा बसबरीया गाउँपालिकामा आयुर्वेदका चुनचुनप्रसाद यादव, रानगर गाँउपालकिामा आयुर्वेदकै कृष्णकुमार साह, कौडेना गाउँपालिकामा स्वास्थ्यका शम्भुप्रसाद यादव, धनकौल गाउँपालिकामा स्वास्थ्यका कृष्णप्रसाद साह, विष्णु गाउँपालिकामा स्वास्थ्यका संजिप सापकोटा र पर्सा गाउपालिकामा अधिकृत छैटौँ सुरेशकुमार यादवलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका सङ्घका उपसचिव तथा शाखा अधिकृत स्थानीय पालिकामा बस्न नमाने गरेका कारण धेरै पालिकामा प्रविधितर्फका इन्जिनियर, शिक्षा अधिकृत , जनस्वास्थका हेल्थ असिस्टेन्ट, कृषि र भेटनरीका जेटियोले निमित्त प्रमुख प्रशासकीय अधिकृतक भएर काम गरिरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा पठाएका धेरैजसाे प्रशासकीय अधिकृत मन्त्रालयमा नै बस्दा यस्तो समस्या भएको कविलासी नगरपालिका उपमेयर पुनम कर्णको भनाइ छ ।

मन्त्रालयबाट पठाएका अधिकृत विभिन्न कारण देखाएर कार्यालय बस्न मान्दैनन्, स्थानीय पालिकमा बसेर काम गर्न समस्या भए पनि सहमतिबाट सामधान खोज्नुपर्ने हाे । असार लाग्न चार महिना बाँकी छ, प्रशासकीय अधिकृत नभएर अहिलेसम्म विकासको काम हुन सकेको छैन, हाकिम नहुँदा सब काम चौपट भएको छ । राजनीतिक दलदेखि जनप्रतिनिधि सबैलाई मिलाएर लाने काम प्रशासकीय अधिकृत र जनप्रतिनिधि भएर गर्नुपर्छ । कार्यपालिकामा सबैको विचार मिल्दैन र विवाद हुन्छ’, कर्ण भन्नुहुन्छ, ‘पालिका चलाउन सहज छैन, विषय विज्ञ र जिम्मेवार कर्मचारी नहुँदा आवश्यक विधेयक ल्याउन र त्यसलाई कार्यान्वयन गर्न समस्या परेको छ ।’

पालिकामा काम गर्दा मेयरले भनेअनुसारको काम गर्नुपर्ने र नमाने डर/धम्की दिने गरेको प्रशासकीय अधिकृतहरूको गुनासो छ । पालिकामा ऐन, कानुनभन्दा पनि जनप्रतिनिधिलाई खुसी पार्नुपर्ने बाध्यता भएका कारण अधिकृत नबस्ने गरेका विश्लेषक रजनीकान्त झाको भनाइ छ । जनप्रतिनिधिले पालिकामा प्रशासकीय अधिकृत पठाउँदा आफू अनुकूल चल्ने पठाउन मन्त्रालयलाई दबाब दिने गरेका गुनासो बढ्न थालेको छ ।

जिल्लाका दक्षिणी भेगका धेरै पालिकामा राजनीति खिचातानीकै कारण अधिकृत नबस्ने गरेको स्थानीयको भनाइ छ । कर्मचारी भर्ना, योजना छनाेट, शाखा प्रमुखको जिम्मेवारी तोक्दा जनप्रतिनिधिले आफू अनुकूलको हुनुपर्नेमा दबाब दिने गरेका प्रशासकीय अधिकृत बताउँछन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
22
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 886 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 757 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
10 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
10 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
10 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
12 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
12 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

10 hours पहिले 83 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

10 hours पहिले 39 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

10 hours पहिले 68 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya