Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ २४, २०८१
83 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
0 मिनेट पढ्ने
अपडेट: भदौ २४, २०८१
Advertisement

भक्तपुर । भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । मेला नेपालीहरुको महान पर्व शुभविजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्टको व्यवस्थापनमा हुन लागेको हो ।

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९ गते तवानुसार सन् २०२४ को सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म (११ विवसीय) हुन लागेको हो । त्यस अनुसार भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आयोजना गर्ने तयारी गरेको सोमबार आयोजित पत्रकार सम्मेलन गरी जनाइयो ।

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुरÞ्याउने उद्देश्यले महोत्सवको रहेको जनाएको छ ।

पत्रकार सम्मेलनका आयोजक भक्तपुर चेम्वरका अध्यक्ष कविदास श्रेष्ठले भक्तपुर जिल्ला ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकिय स्थानहरुले भरिभराउ क्षेत्र भएको शिक्षा, स्वास्थ्य, यातायात र व्यवस्थित बस्ती विकासमा भक्तपुर जिल्ला क्रमश अगाडि बढदै गरेको बताए । यस जिल्ला राजधानी उपत्यकाको एक प्रमुख व्यवसायिक केन्द्रको रुपमा विकसित भएको छ, उनले सम्मेलनमा भने । यस अर्थमा यस क्षेत्रका उत्पादनहरुको बजारीकरण र यहाँको व्यवसायिक सम्भावनाहरुको उजागर गर्नमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको छ, उनले भने ।

सम्मेलनमा मेला संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको जनाए । औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धमा सामिप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुरÞ्याउने उनले बताए ।

दशैको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जनाइएको छ । महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, विउविजन तया मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तया निर्माण सामाग्री, बैंक तथा वित्तिय संस्था, अटोमोवाइल्स् लगायत रोजगार बाता निकायका गरी १५० भन्दा बढी स्टलहरु रहने छन् ।

महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, डागन रेल, नाउ, बोटिङ, बाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइयो ।

महोत्सवमा राखिने बस्तुहरुको प्रकृत्तिका आधारमा स्टलको साइज र शुल्क फरक हुने व्यवस्थापक संगम लामाले बताए । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुने उनले जनाए ।

११ दिनको उक्त महोत्सवमा एकलाख रुपैयादेखि १८,५००० सम्म स्टल भाडा हुने जनाइयो । महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।

महोत्सवलाई भव्य र सभ्य बनाउन पत्रकार महोदयहरुको महत्वपूर्ण भूमिका रहने हाम्रो पम्याई रहेको भन्दै सहयोगका लागि आग्रह गरियो । कार्यक्रमको सञ्चालन भक्तपुर चेम्वर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले गरेका थिए । सम्मेलनमा निवर्तमान अध्यक्ष न्हुछें मानन्धरको पनि उपस्थिति रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6068 लेख
व्यू
आजको मिति
27
April 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 839 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 764 views

नयाँ समाचार

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 hour पहिले
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी…
3 hours पहिले
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र…
4 hours पहिले
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे…
4 hours पहिले
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का…
18 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

1 hour पहिले 43 views

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

3 hours पहिले 40 views

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

4 hours पहिले 84 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya