Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

भारतमा कोल्डप्लेको कन्सर्ट,३५ सयको टिकट ७० हजारमा बिक्री !

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
अशोज १०, २०८१
82 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
भारतमा कोल्डप्लेको कन्सर्ट,३५ सयको टिकट ७० हजारमा बिक्री !
0 मिनेट पढ्ने
अपडेट: अशोज १०, २०८१
Advertisement

काठमाडौँ । भारतमा हुने कोल्डप्ले कन्सर्टको टिकटको ठूलो मात्रामा कालोबजारी भएको पाइएको छ । कन्सर्टको ३५ सय रुपैयाँको टिकट ७० हजार रुपैयाँमा बिक्रि भएपछि यो विषय अब प्रहरीमा पुगेको छ ।

अनलाइन टिकट बिक्री प्लेटफर्म बुक माई शोले नक्कली कोल्डप्ले कन्सर्ट टिकट बेच्ने विरुद्ध उजुरी दिएको छ । बुक माई शो कोल्डप्लेको कन्सर्टको आधिकारिक टिकटिङ पार्टनर हो । बुक माई शोद्वारा जारी विज्ञप्तिमा भारतमा कोल्डप्लेको म्युजिक अफ द स्फियर्स वर्ल्ड टुर २०२५ को टिकट बिक्री र बिक्रीका लागि भियागोगो र गिग्सबर्ग र कुनै तेस्रो पक्षसँग सम्बन्धित नरहेको बताएको छ । कम्पनीले प्रहरीमा उजुरी दिएको र घटनाको छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ ।

त्यस्तै बुक माई शो एपमा पनि ५०० करोडको ठगीको आरोप छ । भारतीय जनता युवा मोर्चाले पनि बुक माई शोलाई ठगीको आरोप लगाउँदै अपराध शाखामा उजुरी दर्ता गरेको छ । बुक माई शोमा टिकट बिक्रीको नाममा ५ सय करोड रुपैयाँको ठगी गरेको आरोप लागेको छ ।

संगीत कन्सर्ट टिकटहरू थोकमा खरिद गर्नुलाई स्केलिंग भनिन्छ । त्यसपछि टिकट नपाएपछि सोही टिकट महँगोमा बेचिन्छ ।  ब्लाकमा किनेका वा बेचिएका टिकटहरूको कुनै डाटा नै नहुने बताइन्छ । यो सीधा कर छली पनि हो । बजारमा आधिकारिक रुपमा सस्तो दरमा टिकट बिक्री हुन्छ भने बाहिर महँगो दरमा टिकट बिक्री भइरहेको हुन्छ । यसबाहेक टिकट ब्ल्याकमा बिक्री भइसकेकोले पनि यस्ता कार्यक्रमको टिकट सर्वसाधारणले पाउँदैनन् ।

कोल्डप्ले ब्यान्डले २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा कन्सर्ट गरेको थियो । ८० हजार दर्शक यस शोको हिस्सा बनेका थिए, जसमा धेरै बलिउड सेलिब्रेटी पनि थिए । अब ९ वर्षपछि ब्याण्ड फेरि भारत आउँदैछ । कोल्डप्ले ब्याण्डले आगामी जनवरी २१ मा मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा यो कन्सर्ट हुने छ । कोल्डप्लेका गीतहरू भारतमा पनि धेरै लोकप्रिय छन्।

यो ब्याण्डले ७ ग्रामी अवार्ड जितेको छ । कोल्डप्ले ब्यान्ड सन् १९९७ मा लण्डनमा सुरु भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6047 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2441 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड
5 hours पहिले
मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति…
5 hours पहिले
एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु
5 hours पहिले
संसद् बैठकमा मोबाइल प्रयोगमा कडाइ गर्ने प्रस्ताव, नियमावली…
7 hours पहिले
टेक पाइला इनोभेसनमा चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टर नियुक्त,…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

5 hours पहिले 59 views

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठनदेखि तीन विधेयक संसद्मा पेश गर्ने स्वीकृति

5 hours पहिले 37 views

एक्सेस प्लानेटको आयोजनामा पुस्तक अध्ययन तालिम सुरु

5 hours पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya