Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

यस्तो छ दिउँसो सुत्नुका फाइदा र बेफाइदा

Radio Bharosa
रिपोर्टर: Radio Bharosa
फाल्गुन २६, २०७९
108 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
यस्तो छ दिउँसो सुत्नुका फाइदा र बेफाइदा
Woman Sleeping 2002
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २६, २०७९
Advertisement

काठमाडौं । सामान्यत: मानिस रातको समयमा सुत्ने गर्छ। तर कतिपय मानिसहरु रातको समयमा काम गर्ने र दिउँसोको समयमा सुत्ने गर्छन् । भने केही मानिसको रातमा सुतेपनि दिउँसो सुत्ने बानी हुन्छ ।

आधुनिक समाजमा परिकल्पना गरिएको ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टाको आरामको दैनिकी हो। यसमा आरामभित्र निद्रा पनि पर्दछ।

तर समयको हिसाबले दिउँसो सुत्नुलाई अल्छे वा कामचोर ठानिनु अस्वाभाविक होइन। दिउँसो सुत्नु अल्छे मानिएपनि विज्ञानको आँखाले हेर्दा दिउँसो सुत्नु पनि फाइदाजनक नै हुने बुझिएको छ ।

दिउँसो सुत्नुका फाइदा फाइदाहरु :
१. सतर्कता बढाउँछ : दिउँसो केही समय झकाउनुले हाम्रो शरीरको आलस्य र थकानलाई हटाइदिन्छ। फलतस् कामप्रतिको हाम्रो सतर्कता र स्फूर्ति बढाइदिन्छ। यो त्यसबेला झनै बढी उपयोगी हुने गर्छ, जब शरीरले अत्यधिक थकान वा आलस्य महसुस गरिरहेको हुन्छ।

२. मुडमा सुधार आउँछ : दिउँसो झकाउने बानीले हाम्रो मुड सुधार गर्न, तनाव कम गर्न र आफू चैतन्य एवं खुसी रहेको अनुभूत गर्न मद्दत गर्न सक्छ।

३. स्मृतिमा सुधार आउँछ : दिउँसो निदाउने–झकाउने गर्यो भने त्यसले हाम्रो स्मृतिमा सुधार ल्याउँछ र कामप्रतिको एकाग्रता बढाइदिन्छ। आफूले गरिरहेका कामसम्बन्धी प्रक्रियाहरुबारे सोचिबस्नु नपर्ने–फटाफट काम गर्न सक्ने अवस्था बढाइदिन्छ। त्यसले जम्मामा मानिसको उत्पादनशीलतालाई नै पनि बढाइदिन्छ।

४. अनिद्राको भावलाई कम गरिदिन्छ : विविध कारणले कतिपय मानिसहरुलाई राति सुतेर पनि निद्रा नपुगेको अनुभूति हुने गर्छ। त्यसले उसको दैनिक काममा पनि असर परिरहेको हुन सक्छ। यो अवस्थामा दिउँसो झकाउने–सुत्ने बानीले मानिसमा रहेको त्यो अनिद्राको अनुभूति पनि हटेर जान्छ।

५. मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ : दिउँसो अल्प समयका लागि सुत्ने–झकाउने कुराले मानिसको मुटुको स्वास्थ्यमा सुधार आउने तथा हृदयघातको जोखिमलाई पनि कम गरिदिने गर्छ।

दिउँसो झकाउनु वा अल्प समयका लागि सुत्नु फाइदाजनक छ तर कति समय सुत्ने वा झकाउने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने गर्छ। यो कुरा व्यक्तिको सुताइका तरिका तथा तत्सम्बन्धी आनीबानीमा पनि निर्भर गर्दछ।

दिउँसो सुत्नुको बेफाइदा :
१. रातको निद्रामा गडबडी : दिउँसोको अल्पसुताइ वा झकाइ तथा रात्रिकालीन सुताइको समयमा धेरै अन्तर भएन भने राति सुत्ने समयमा गडबडी हुन सक्छ। नजिक सुत्दा रातको निद्रामा बाधा पुग्न सक्छ र रातमा निदाउन गाह्रो हुन सक्छ।

२. निदाउन नसक्नु : दिउँसो धेरै बेरसम्म सुत्दा वा झकाउँदा तथा त्यो काम खासगरी मध्यान्नपछिको समयमा गर्दा राति सुत्ने समयमा निदाउन नसक्ने समस्या देखापर्न सक्छ। त्यसले हल्काखालको मतिभ्रमको अवस्था पनि पैदा गरिदिन सक्छ।

३. उत्पादनशीलता घटाइदिन सक्छ : कामको चटारो परेको बेलामा दिउँसोको अल्पसुताइ वा झकाउने बानीले उत्पादनशीलतामा केही असर गर्न सक्छ।

५. सामाजिक कलंक : कुनै कुनै समाजिक संस्कारमा दिउँसो सुत्नुलाई राम्रो नमानिन पनि सक्छ। त्यसलाई अल्छीपना वा अनुशासनको कमीको रुपमा पनि लिने हुन सक्छ।

५. उठ्न कठिनाइ : केही व्यक्तिहरूका लागि, खासगरी विशेष गरी निद्रा विकारहरू भएकाहरूलाई दिउँसोको सुताइ वा झकाइबाट ब्युँझन गाह्रो पर्न पनि सक्छ। उनीहरुलाई जबरजस्ती उठाइँदा उल्टो बेफाइदा पनि गर्न सक्छ।

यी सम्भावित कमजोरीहरूलाई विचार गर्दा दिउँसोको अल्पसुताइ वा झकाइ लिने कि नलिने भन्ने कुरा व्यक्तिको आनीबानी, समय, अवधि र उसले काम गर्ने वातावरणमा पनि निर्भर गर्ने गर्छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

RA

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6030 लेख
व्यू
आजको मिति
19
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2435 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1075 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 882 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 825 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 753 views

नयाँ समाचार

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने…
4 hours पहिले
मकवानपुरमा सुमो–स्कार्पियो ठोक्किँदा ९ जना घाइते, दुवै सवारी…
21 hours पहिले
मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप,…
21 hours पहिले
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो…
21 hours पहिले
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन

2 weeks पहिले 83 views

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

2 weeks पहिले 66 views

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

3 weeks पहिले 71 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya